७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेशमा दिनहुँ सय संक्रमित

लुम्बिनी प्रदेश कोरोना संक्रमणका लागि सबैभन्दा बढी भारतबाटै जोखिममा छ। यसअघिका दुई चरणका कोरोना संक्रमण पनि भारतबाटै प्रवेश भएको थियो।

भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ

भारतबाट संक्रमित भएर फर्कने बढ्दैः तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

गौरीफन्टा र गड्डाचौकी नाकामा मंगलबार एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो, बुधबार ४६ जनामा कोराना पोजेटिभ देखियो। बिहीबार गड्डाचौकी नाकामा जाँच गर्दा ५९ र गौरीफन्टा नाकमा जाँच गर्दा ४७ जना गरी १ सय ६ जनामा संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताए।

भारतमा कोरोनाको तेस्रो लहर

दिल्लीमा आनुवंशिक सिक्वेन्सिङ गरिएका कुल नमुनामध्ये ८४ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ। भारतका प्रमुख सहर मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो छ। मुम्बईका मेयर किशोर पेडनेकारले कोभिड–१९ को सुनामीका लागि तयारी भइरहेको बताए।

नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्लूएचओकाे चेतावनी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ।

भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।

‘कोभोभ्याक्स’लाई मान्यता

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले भारतको सेरम इन्सिच्युटद्वारा उत्पादन गरिएको कोभोभ्याक्स खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

होटल क्वारेन्टिन निर्देशन फिर्ता

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउने यात्रुलाई होटल क्वारेन्टिनमा बस्न दिएको आदेश स्थगित भएको छ।

‘विमानस्थलमा भीडभाड नगर्नू’

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलन सक्ने भन्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भीडभाड नगर्न आग्रह गरेको छ।

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्छ ’

दक्षिण अफ्रिकामा हालै गरिएको एक ल्याब परीक्षणले यो भेरियन्टले फाइजर खोपको प्रभावलाई आंशिक रूपमा छल्ने देखाएको थियो। अनुसन्धानकर्ताले भ्याक्सिनका कारण निर्माण भएको एन्टिवोडिजले भाइरसको नयाँ स्ट्रेनलाई रोक्ने क्षमतामा ह्रास आएको बताएका थिए।

बेलायतमा मङ्गलबार ओमिक्रोनका एक सय भन्दा बढी संक्रमित भेटिए

प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरुलाई अघिल्लो डेल्टा भन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए।

ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला?

यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ।

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय

भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्