२६ आश्विन २०८१ शनिबार
image/svg+xml

यान्त्रिक जीवन

रुजा, मैले तिमीलाई धोका दिएँ । तिमीलाई छलेर भागेँ । म पापी हुँ । मलाई माफ गर । मैले मेरै जीवनलाई नर्क बनाएँ । मेरो एउटा १६ वर्षको छोरा छ, अर्को १३ को । श्रीमती मलाई छोडेर हिँडिन् । पारपाचुके नै गरेर हिँडिन् । मैले उनलाई माया गर्न सकिनँ रे । म कर्कश भएँ रे । मैले उनलाई भोगको साधन मात्रै बनाएँ रे । म फेरि एक्लो भएको छु । फेरि बेसहारा भएको छु । छोराहरूको दायित्वले थिचिएको छु ।’

दावा ग्याल्मोलाई शुभकामना खालिखालि

भारतीय नेपालीको मार्मिक संघर्षस्थल नै मानिन्छ, दार्जिलिङ। पश्चिम बंगालको सानो पहाडी राज्य दार्जिलिङ, जो लामो समयदेखि नेपाली भाषालाई भारतको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्न जुन लडाइँ लडिरहेको थियो, त्यसमा कैँयौको हार कैँयौको जित भयो नै, दार्जिलिङको आफ्नो लडाइँमा अहिलेसम्म नेपालीको हार नै भएको छ, गोर्खाल्यान्डको मागमा।

बलात्कारविरुद्ध साहित्य शक्ति

मानिसको दुःखलाई बोध गर्न नसक्ने, बेखबर हुने, आत्मरतिमा अन्तै रमाउने, मानिसलाई मानिसबाट अलग बनाएको सन्दर्भलाई आलोचना गर्न नसक्ने प्रकारका साहित्यमा शक्ति रहन्न। मानिसका मार्मिकता, भाव–विचार र व्यवहारलाई स्पर्श गर्न सक्ने साहित्यमा शक्ति स्फुरण हुन्छ। यस्ता साहित्य सिर्जनाले मानिसका अनेक चोटमा सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक मलम लगाउन सक्छ।

कस्तो गरेछु माया पागल भएर हिँड्ने

इच्छा थिएन मेरो बादल भएर हिँड्ने, कस्तो गरेछु माया पागल भएर हिँड्ने । वर्षौं बितेर जाँदा झल्को गएन उस्को, आँखा अगाडि छाया हरपल भएर हिंड्ने। चोखो गरेर माया के नै भयो र आखिर, हिक्मत भएन तिम्रो गाजल भएर हिँड्ने।

झुट्टै होस् तर पनि सय पटक भन्दा सत्य हुन सक्छ

झुट्टै होस् तर पनि सय पटक भन्दा सत्य हुन सक्छ, सांचो होस् तर भनिएन यदि भने असत्य हुन सक्छ । यहाँ झुटो र सांचो छुट्याउन कसैले पनि खोज्दैनन् , कराउ ठग हो कराउ, तिम्रै भनाइ ध्रुवसत्य हुन सक्छ ।

कालीलाई चिठी

तिमीलाई थाह छ काली प्रेमको, उमेर, जाति, भाषा हुँदैन वर्ग, लिंग, राष्ट्रियता हुँदैन, प्रेम त, खालि प्रेम हो एउटा शाश्वत पावन अनुभूति ।

दलाल

पसीना छुटाएर हरेक दिनको गाँसबास कपास जोडजाम गर्नु छ गौथली र माहुरीजस्तै दौडधूपमा मान्छे हरेक साँझ चक्रपथमा उभिएर स्वर सम्राट नारायण गोपाल बनेको शालिक हेर्ने फुर्सद किन जुर्दैन अचेल ।

राज्य व्यवस्थाको किनारमा हजार सपना

दुखका हरफहरू छातीका अग्ला पहाडमा हिउँझैं जमाउँदा पनि अबोध बालकको आँखाबाट भविष्य पग्लिए चुहिरहेछ तपतपतप उनको चेहरामा चुहिने छानोको बाटो हुँदै खसिरहन्छ प्रत्येक झरी नाङ्गा नानीहरूको छातीमा रित्तो अगेनुमा अभाव एकहोरो कराइरहन्छ रातको लाटकोसेराझै उदास बतासले ओसारेका ठिही र टुसारो चट्याङझै बज्रिन्छ उनकै छातीमा ।

अपाङ्ग भगवान्

हप्ता दिनपछि सैनिक पञ्जाबाट मुक्त हुन्छु तर मेरा प्रमाणपत्रहरू मुक्त हुँदैनन् । हप्ता दिन नबित्दै मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्; ‘विद्वान् मान्छे भएर पनि विश्वले नै आतंककारीको सूचीमा सूचीकृत गरेकोे सङ्गठनको छहारीमा किन बस्नुहुन्छ ? त्यस्ता विनाशकलाई मलजल किन पुरयाउनुहुन्छ ? तपाईँ र तपाईँको संगठनले दिवास्पना मात्र देखिरहेछ ।

प्रजातन्त्रका सडकयात्री

शरीरभरि यात्रीलाई रोडको धुलोले छोपेको थियो। आँखाको धूलो पुछ्दै यात्रीले आउँदै गरेको भीडलाई नियाल्दै थिए। आजको नारा अर्कै थियो। हामी यहाँ छौ । हाम्रो नेता हिरो हो । अरू सबै जिरो हो। अदालत हाम्रै हो, फेरि चुनाव गर्ने हो। एउटा भन्छ नाटक हो, अर्को भन्छ नौटंकी हो।

राहत

“अर्काले दिएको खानाले कति दिन खान पुग्छ र ? एक छाक खाउँला, दुई छाक खाउँला । सधैं त्यो वडाले त खाना खुवाउँदैन । बरु त्यस्को साटो गरिखान दिएहुन्थ्यो नि ! न गरिखानु ! न मरिजानु ! मागेर त मरिगए खान्न ...! जान हुन्न बाबु ! ” आमाले रितेशलाई सम्झाउँदै भनिन् ।

ह्विल चेयरको फन्को

उसले मलाई जुरुक्क बोक्यो ओसारीबाट घरभित्रको ओछ्यानमा पुर्यायो । ढोका लगायो र मेरो लुगा खोल्न थाल्यो । मैले नाईनाई भनेँ । उसले भन्यो– ‘पगली म तिमीलाई कान्छी बनाउँछु, बिहे गर्छु के? ’ मैले उसका कुरा पत्याएँ । ऊ मलाई भोग्न थाल्यो । मलाई अप्ठ्यारो महसुस भयो । अलिअलि मिठो पीडा पनि भयो । तर ममा अचम्मको भाव देखापर्यो । म त्यसैत्यसै किन हलुङ्गो भएँ कुन्नि ? यो शरीरमा किन फुर्ति आएजस्तो भयो । उसले जाँदाजाँदै माया गरेर गयो । मेरो गाला चाटेरै गयो र भन्दै गयो– ‘निमा, यो कुरा कसैलाई पनि नभन है, आमालाई पनि नभन है

गिद्ध सम्मेलन

गाउँघरमा सरसफाइ गर्ने भावनामा वृद्धि भए पनि शहरमा अझै पनि फोहरको साम्राज्य कायमै छ । कुराले आफूलाई अति सभ्य र सुसंस्कृत ठाने पनि शहरबासीहरू अझै सफासुग्घर भएर बस्न सकेका छैनन् ।

समयान्तर

मेरी नातिनीले न एक मुठी घाँस काँटी, न कोही माग्न नै आए । यद्यपि ऊ आमा हुँदै छे । समाज भने भनिरहेको छ – समय भाँडियो । विकृति फैलिँदै गएको छ । नातिनीचाहिँ खुसी साथ भन्दै छे – मैले आमा हुन कसैलाईे शुल्क बुझाएकी छु । म जे गरूँ अरूलाई के चासो ? कम्तीमा मैले कसैको दिल त दुखाएकी छुइनँ नि ।

काम्लो

आमाले फेरि भनिन् – हो त । अब अरू केही जाँगर चला । काम्लो पक्का। उसले कोदालो उचाल्दै र पछार्दै गयो । खन्दै गयो ।‘यो मुला जाकेटले अल्झायो । उसले जाकेट खोलेर पाखामा राख्दै भन्यो । अनि फेरि उसैगरी खन्न थाल्यो । निधारबाट पसिना तप्प चुहे । आमाले भनिन्– अब कोदालो मलाई दे । मलाई पनि जाडोले सिउसिउ बनायो । एकछिन म पनि काम्लो ओढ्छु ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्