२६ आश्विन २०८१ शनिबार
image/svg+xml

खोर्सानीको बुटो

म आमालाई खोर्सानी रोप्न, गोड्न, टिप्न सघाउँथेँ । मधेसको ठाउँ, गर्मी प्रचण्ड हुन्थ्यो । आमा र म दुवै पसीनाले निथ्रुक्क भिजेका थियौँ । खोर्सानीको बुटोमा पानी छर्कैको हुनाले बुटाभरि पानी थियो । अनि मैले आमालाई सोधेथेँ –आमा, यो खोर्सानीको बुटोले पनि हाम्रोजस्तै पसिना काढ्छ ?

बा, कस्तो विडम्बना यो

गाउँका संस्कार र परम्परा भुलिसके शहरीया छोराहरूले ए छोराहरू , बूढो बाको सपना कहिले पूरा गर्छौ त !बा दौलत कमाउनुभन्दा पहिले त तिम्रा छोराहरूले सोच्नुपर्ने तिम्रो मलाम जाने भेटिएलान् मक्किएको बलो र ठुटे हलोसिवाय मेरो बाको सम्पत्ति केही रहेन रे,सिस्नु र कर्कलासँगै हरसाँझ मेरा बा भक्कानिदै छन् फर्की आउँछु धेरै धन ल्याउँछु भन्थ्यो छोरा त शहरको भिडमै हराउँदै छ ।

राजधानी

साथीले भन्दै गए– ऊ त्यो प्रधानमन्त्रीको आवासगृह हो । ऊ त्यो मन्त्री क्वाटर । ऊ त्यो सैनिक अड्डा । ऊ त्यो समानान्तर रेखाको घेरोजस्तो देखिएको छ नि त्यो रिङ रोड हो।

धारणा

एक दिन अगाडि मात्र हस्पिटलमा सुत्केरी भएकी आफ्नी पत्नीलाई डिस्चार्ज गरेर घर पुरयाउनेबित्तिकै कैलाशले आमासंग भन्यो – आमा मलाई ज्वानोको गन्ध मन पर्दैन । उल्टी आउलाजस्तो हुन्छ । म पन्ध्र दिन जति बहिनीकोमा बस्छु । उतैबाट जागिरमा आउनेजाने गर्छु है ।

भेटेको पचास डलर

मेरी बुढी लक्षणकी छे । काम खोज्न गएको पहिलो दिन नै कमाएर ल्याइछ । मेरी श्रीमती करुणा एकएक गर्दै कहिले रमेशजी, कहिले अनुराधा भाउजू र कहिले मेरो अनुहार हेर्न थालिन् । म भने करुणाको अनुहार हेरिरहेँ । अनुराधा भाउजूले करुणाले भेटेको पचास डलर आफूले पाएको भनेर हाम्रै अगाडि बोलेको झूट, रमेशजीको आफ्नो बुढीप्रतिको गर्वको खुसी र भेटेर हराएको पैसा एकएक गरेर मेरो मस्तिष्कमा नाचिरहे त्यो साँझ।

बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ।

नदी नहुँदो हो त किनारासँगै बगर नहुन सक्छ, बन्द बाकस आइपुग्नु अगावै खबर नहुन सक्छ। लाग्यो पिएर तनाव कम गर्छु भन्नु पनि बेकार थियो , मदिरा लिनुको विकल्प कसैको अफर नहुन सक्छ।

संवैधानिक पत्नी सार्वजनिक तथा अन्तरक्रिया

समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले डायोस्पोरिक लेखनमा कृष्ण बजगाई निकै सक्रिय रहेको उल्लेख गरे । उनले भने, ‘ बाहिर मुलुक गएपछि धेरै लेखकहरू गुमनाम छन् । तर, बजगाई भने उत्तिकै सक्रिय छन् । उनले लघुकथाको शिल्पविधानलाई अँगालेर राम्रा लघुकथा लेखेका छन् । विविध विषयवस्तुमाथि लेखिएका उनको लघुकथामा राजनीतिक विसंगतिप्रति घनीभूत व्यंग्य रहेको छ ।’

कागजी अनुमतिपत्र

विधुवी आइमाईले रङ खेल्न मिल्छ ? समाजले के भन्ला ? लाज शरम छैन ? तिमी जस्ती पोइ टोकुवी आइमाई भाउजू पाउनु, मेरो दुर्भाग्य हो ।

समय

नदीले भन्योे, “सबैलाई आफ्नोभन्दा अर्काकै जीवन राम्रो लाग्छ । मेरो जीवन तिमीले सोचेजस्तो राम्रो कहाँ छ र । मान्छेले अनेक थरीका फोहोर खन्याइदिन्छन् । म हिंड्ने बाटोमा घरहरू बनाउँछन् अनि बाढीले बगायो भनी आरोप लगाउँछन् । कहिले तातोले पोलेर बाफ बनाउँछ । कहिले चिसोले खुम्च्याएर हिउँ बनाउँछ । सम्झ त, जनावरहरूको पेटमा पसेर दुर्गन्धित पसिना अनि पिसाब भई निस्कँदा मलाई कस्तो लाग्दो हो ! तथापि दुःख नमानी कर्तव्य ठानेर सहेको छु । त्यसैले खुशी छु ।”

धरहरा

धरहरा हालको सरकारभन्दा माथि उठ्यो घमण्डले । मानौँ , आधारबिनाको उचाइ नै सर्वमान्य हो । पद नमिल्दा सडक रोज्नेजस्तै सस्तो घमण्डमा उत्साहित भयो । यी सबै अवस्थाहरू घण्टाघरले एकएक गरी नियालिरहेको थियो।अचाक्ली भएपछि घण्टाघरले मुख फोर्यो – शरीर ढलेपछि शिर उठाएर के काम ? सबैको धरोहर भएर उठे पो देश उठ्छ ।

तपाई किन जल्नुहुन्छ जाबो अरूको कुराबाट

आफ्नो जिन्दगी चलाउनु छ आफ्नै पाखुराबाट, तपाई किन जल्नुहुन्छ जाबो अरूको कुराबाट। सडकको जीवन कस्तो हुन्छ कसरी बिताएका छन्, बुझ्नुहोस् एकचोटि बाआमाविहीन टुहुराबाट।

फूल पनि जेल बन्छ माया गर्नेलाई

फूल पनि जेल बन्छ माया गर्नेलाई, काँडाचाहिँ मह बन्छ दिल हर्नेलाई ।आफन्त नै भाँजो बने झर्छ फूल पत्र, के भनौँ खै लौरो छाडी खोला तर्नेलाई।

तिम्रै मायामा

तर आजकाल किनकिन त्यो सम्बन्ध, अलिअलि गर्दै हराउँदै गएको छ। हावाहुरीले उडाएको त हैन होला भेलबाढीले बगाएको त हैन होला किनकिन आजभोलि साँच्चै कतै हराएजस्तो भएको छ ।

कविताको जीवन

आठौं वर्षमा म स्नेहको जून खोज्थेँ भित्ताबाट चिहाएर तर न त जूनका किरणहरू हात बनेर आइन् सुम्सुम्याउन न त दिउँसाको घाम नै सुम्सुम्याउन आइन् म खोज्थेँ एउटा मीठो स्नेह र मायालु प्रेम ऊ बेला अरूहरू रमाउँदा रहरहरू मेरा पनि थिए।

नेपाली संस्कृतिका अग्रणी श्रीगणेश

नेपालमा विभिन्न जाति, धर्म सम्प्रदायले गणेश देवतालाई आफ्नै मौलिकपनले मान्दै आइरहेका छन्। विशेषगरी नेपालका सम्पूर्ण नेवारले जन्मेदेखि मृत्युपर्यन्त गरिने विभिन्न संस्कारमा श्रीगणेश देवतालाई सर्वप्रथम पूजा गर्छन्। नेवारी संस्कार र संस्कृतिमा गणेश देवताको अत्यन्तै ठूलो महत्व रहिआएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्