दुईचार दिन अगाडिसम्मको रमाइलो क्षण,
आजभोलि किनकिन हराउँदै गएको छ।
मिठामिठा शब्दले भरिएका ती लेखेहरू हेरेर,
यो मन हर्षित भएको याद आइरहेको छ ।
तर आजकाल किनकिन ती क्षणहरू,
टाढिदै गएको आभाष भइरहेको छ ।
उत्तर, प्रत्युत्तर भरिएका ती पानाहरू,
पढ्दापढ्दै आनन्दको अनुभूति भएको छ।
तर आजकाल किनकिन ती अनुभूतिहरू,
आफूभन्दा धेरै टाढा भएको महसुस भइरहेको छ ।
निस्वार्थ र पवित्र त्यो मधुर सम्बन्ध,
टाढा भए पनि नजिक भएछ।
तर आजकाल किनकिन त्यो सम्बन्ध,
अलिअलि गर्दै हराउँदै गएको छ ।
हावाहुरीले उडाएको त हैन होला
भेलबाढीले बगाएको त हैन होला
किनकिन आजभोलि
साँच्चै कतै हराएजस्तो भएको छ ।
प्रकाशित: ८ फाल्गुन २०७७ ०८:०९ शनिबार