२६ आश्विन २०८१ शनिबार
image/svg+xml

आफू राम्रो बन्न अरूलाई चोट लगाएर मार्यौ

उजाड मरुभूमिमा सुन्दर बोट लगाएर मार्यौ, आफू राम्रो बन्न अरूलाई चोट लगाएर मार्यौ । भन्दैन भन्थ्यो तर भन्नै पर्ने भयो अब तिमीलाई,नबोल्दा नि नचाहिने मलाई खोट लगाएर मार्यौ। दुखै दुखले मात्रै होइन जीवन हाँसोले भर्नुपर्छ, आफ्नो लागि मात्रै होइन अरूका लागि गर्नुपर्छ।मरी लानु के छ र बुझे दुई दिनको यो जिन्दगीमा,सांसारिक माया छोडी एकदिन परलोक सर्नुपर्छ।

बुवा विश्वास, बुवा आकाश !

आखिर विश्वासको कुरा न हो ! मुन्धुममा भनिएको छ अरे, चोला फेरिएको मान्छेले सातौँ आकाशभन्दा नि माथि सुम्निमा–पारुहाङ बस्ने फलैँचामुनि बस्न पाउँछ ! र, यही सुखातीत विश्वासको भर गरेर प्रियजनको स्थायी वियोग झेल्ने आँट गरिरहेका हुन्छौँ, हामी साधारण मान्छे !

आदर्श

भित्र श्रीमती उसको प्रतीक्षामा व्यग्र थिइन् । दौडेर ढोकाको छेस्किन खोल्दै श्रीमानलाई हातले समातेर सोफामा आरामसँग बसालिन् । लुगा – मोजा खोल्दै श्रीमान् लाई सम्झाउन थालिन्– यसरी धेरै पिउनु हुँदैन हजुर । आफ्नो स्वास्थ्य र यो समाजको पनि ख्याल त गर्नुस् ।

सङ्गत

सङ्गत आफैमा छ्याङ्ग उघ्रेको आकाश हो र किरणहरू सुकिला मान्छेका शरीर हुन् शीतको थोपो पवित्र मान्छेको मन हो सङ्गतदार यिनै सप्तरङ्गी इन्द्रेणी मनका लहरहरू हुन् जमातहरू हुन् उन्नत यस्ताका शिविर हुन् र शीतल छहारीका मान्छेका मनहरू हुन्त नहरू हुन् ।

म जान नसकेको त्यो अन्तिम उडान

उडान सुरक्षा विभाग प्रमुख फोनमा कुरा गर्दै अलि आत्तिएको भावमा मतर्फ हेर्दै सेमिनार हलबाट बाहिर निस्किनुभयो। उहाँको हाउभाउले कुनै अनिष्ट भएको शंका मनमा आउनु स्वाभाविक थियो। मैले आफ्ना भनाइहरू अविलम्ब समाप्त गर्दै सम्भावित अनिष्टको शंकामा आयोजकसँग बिदा मागेर हल बाहिर निस्केँ।

मद्यपानको नतीजा

छोराहरूको मायालाग्दो रुवाइले मातृवात्सल्यको अवचेतन मन बिस्तारै बिउँतियो अनि बिस्तारै दुवलाई अंगालोमा ममत्वले बेर्दै भारी मन लिएर जुरुक्क उठिन्– जे पर्नु परिसक्यो । यी लालाबालाहरूका लागि भए पनि आफ्नो मन बलियो बनाउनै पर्छ । जिउँदो हुँदा पो कहिले सुख दिएका थिए र । कहिल्यै साथ दिएनन् ।

विचार वधशाला

विचार निरपेक्ष हुन्छ यो समयसँगै बद्लिँदैन पानीजस्तो खलबलिंदैन बाटो हराएको बटुवाजस्तो अलमलिंदैन विचार सतिसाल हो, बद्लिँदैन आठौं सन्तान हो विचार वासुदेव र देवकीको जति पछारे पनि दुष्ट कंसहरूले यसको वध हुनै सक्तैन त्यसैले, विचार विचार हो यसको वध हुनै सक्दैन कसैले एकछिन थिचेर राख्ला विचारको होचो कद हुनै सक्दैन।

दिदी

अन्तर्राष्ट्रिय महिला दिवस आँगनको डिलमै आइसकेको छ। हरेक सङ्घ/संस्था यो दिवसलाई कसरी सार्थक बनाउने भनेर लागिपरेका छन्। हिमाल, पहाड अनि तराईमा बसेर आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याएका महिलाको पहिचान गरी पुरस्कृत गर्ने, महिलाका समस्याबारे स्थानीय स्तरका महिलासँग छलफल गरेर समाधान खोज्ने जस्ता आवाज यतिखेर सर्वत्र उठिरहेका छन्।

विद्रोह

अल्लाह ! म समाज र राष्ट्रको कानुनको दायरा बाहिर आउने निर्णयमा पुगेँ । आफूले सारा पीडा र प्रलय सहेर जन्माएका र हुर्काएका सन्ततिलाई छाडेर एक्लै आऊँ भने स्वार्थी माता कहलिउँला भन्ने डर भयो । तसर्थ आफ्नो कोखबाट धर्ती टेकाएका सबैलाई साथै लिएर हजुरकहाँ आउँदै छु । मलाई विश्वास छ, हजुरको अदालतमा मलाई अवश्य न्याय मिल्ने छ ।

क्यान्टोन्मेन्टमा किरण

एउटा असल शिक्षक समाज र राष्ट्रको गहना हो । विद्यालयमा उसले गरेको असल कर्मले जीवनभरि सन्तुष्टि मात्र नभएर सम्मान पनि प्राप्त हुने कुरा कथामा छ । सन्तानका लागि आमाबाबुले धेरै गर्छन् । सर्वस्व सुम्पन्छन् । आफूले कठिन संर्घष गरेर पनि सन्तानका इच्छा पूरा गर्छन् तर सन्तानले आमाबाबुको रहर पूरा गर्न सक्दैनन् बरु आमाबाबुको मन दुखाएर हिँडिहाल्छन् भन्ने कुरा कथा संग्रहमा उल्लेख गरिएको छ । कथा पश्चिमी सेरोफेरोमा रुमलिएको छ । कथाका धेरै पात्रहरू जीवन्त लाग्छन् । हाम्रै परिवेशमा देखिएका विभिन्न घटनाक्रम नै कथाका मुख्य विषयवस्तु बनेका छन् । कथाहरू सबै एक बसाइमा पढ्न सकिने किसिमका छन् ।

ममताको छाती पिलाउने आमा

बिगारेर आफ्नै बरु रूपरंग, मलाई नै पोषण दिलाउने आमा । बिर्सी जिन्दगीका घाटा अनि नाफा, बही खाता मेरै मिलाउने आमा। भुलेर हिजो, अनि आज र भोलि, मभित्रै पो जम्मै बिलाउने आमा।

गुरु कि गोरु !

‘मेरो छोरो पनि हजुरकै गुनगान गाएर अघाउँदैन । हजुरलाई असाध्यै आदर गर्छ ।’ अर्का अभिभावकले मतिर फर्केर कुराको गाठो खोल्दै भने, ‘अब हजुरले हाम्रो घरमा गएर टिउसन पढाइदिनु परयो । नानीबाबुकै लागि यत्रो सङ्घर्ष गरिएको छ । महंगो विद्यालयमा शिक्षा दिलाएको छ । र, पनि उनीहरूको होस् फर्किएको थिएन । हजुरसँग के सूत्र छ कुन्नि उनीहरू मोहित छन् । नाइँ नभन्नुहोला । जे फि तिर्नुपर्छ हामी तयार छौँ ।’

उस्तै देखेँ काँडाभित्र फूलको पनि मुस्कान

भाँचिएको रुख पनि आयो पलाई –पलाई, दीपले नि ज्योति छर्‍यो आफैलाई जलाई। उस्तै देखेँ काँडाभित्र फूलको पनि मुस्कान, यस्तो लाग्यो जिउने कला सिकाउँदै छन् मलाई। विवेकको पाटोचाहिँ पूरै खाली पाएँ, आफ्नै ठानेको मान्छे पनि जाली पाएँ । निस्वार्थ सहयोग गरेकी न हुँ मैले, परिणाममा भने नमिठो गाली पाएँ।

कवि

विचरो, कवि, अब के गरोस् उसका मस्तिष्कभरि सिरियामा बम पड्केका कविताहरू ताजै छन् अमेरिका , कोरियाली युद्धपोतहरू हिंसामा अग्लेका कविताहरू उकुसमुकुस छन् घडी हेर्छ – नौ बज्दै छ खल्ती छाम्छ –रित्तो बिलकुल रित्तो, चुलोमा ग्याँस आउला कसरी ! छोराका गणित कपी स्कुल ब्यागमा छिर्लान् कसरी !सील खोलेर पत्नीले भोको पेटको तृष्णा शान्त पार्ली कसरी !

जर्किन कुच्याउँछु

मलाई खान देऊ सुन्तली, म खाएर मर्दिन बरु जाग्छु कस्सेर र भन्न सक्ने हुन्छु जोडजोडले यो कानो र अन्धो राज्य सत्ता कहिले पग्लन्छ हं ! मैले अरू केके कुच्याउनुपर्छ अझै सुन्तु, म तिमीलाई खुब माया गर्छु ल ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्