ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ९ घाइते
रोल्पाको लुङग्री गाउँपालिका–४ गराम्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।
रोल्पाको लुङग्री गाउँपालिका–४ गराम्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।
स्याङजाको वालिङ नगरपालिका–६ आँपडालीमा जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। वालिङ मिर्दीबाट सेखाम तर्फ जाँदै गरेको ग १ ज ६३७३ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका–१० बस्ने ४० वर्षिया विष्णु विकको घट्ना स्थलमै मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ११, नवलपुरमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४५ प ३८२६ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ।
बिपी राजमार्गस्थित भद्रकालीको सेल्फीडाँडानजिकै जिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । सिन्धुली सदरमुकामबाट नाकाझोली जा“दै गरेको बा११च २२७५ नम्बरको बोलेरो जिप भद्रकालीस्थित साउनेपानीमा सडकबाट करिब ५० मिटर तल खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–४, कुवाकोटमा स्काइभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बित्थडबाट कुवाकोट जादै गरेको स्काइभेटर शुक्रबार ३ बजे दुर्घटना हुँदा भिमदत्त नगरपालिका, कन्चनपुरका ३८ वर्षीय चालक दानबहादुर रावतको मृत्यु भएको पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर क्षेत्रीले बताए।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।
झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे१त ४०४९ नंको ट्र्याक्टरले मे२प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राति एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको मृत्यु भएको छ ।
उदयपुरमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका धिरज राईको उपचारको क्रममा मृत्यु भएको छ । त्रियुगा नगरपालिका १२ का उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखा नगरपालिका ११ अन्तर्गत बाह्रकिलो छेवेटार सडक खण्डको धुलधुले खोलामा मंगलवार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार देशभर भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बनेपा नगरपालिका–१ स्थित सडकमा बा ३ ख ३३२६ नम्बरको टिपरले भक्तपुर सुर्यबिनायक नगरपालिका–१० बस्ने ५५ वर्षीय पैदलयात्री बद्री खड्कालाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
धनुषामा शनिबार राति भएको ट्रिपर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ–३ को सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।