१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

उम्मेदवारहरु सहरकेन्द्रित भोट माग्दै

मंसिर २१ गतेको चुनाव आउन ४ दिन बाँकी रहँदा यहाँका उम्मेदवारहरु भोट माग्न सहरकेन्द्रित हुन थालेका छन्। एकचरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो अभियान सकेका उम्मेदवारहरु सदरमुकामलगायत आफ्नो चुनावी क्षेत्रका सहर बजारमा भोट माग्न केन्द्रित हुन थालेका हुन्।

माडी पुगेर राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागे

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले चितवन पुगेर पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्।

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई  उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्।

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग

भगवान बुध्द जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढाउन बिभिन्न गन्तब्यसँग यातायात संजाल बढाउन नेपाल-भारत सीमामा पर्यटकहरुको आवागमन सहज बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन्। एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सले बुधबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले दुवै देशले सीमामा पर्यटक आवागमन सहज बनाउन अावश्यक कदम चाल्नुपर्ने बताए।

तलब बढाउन कोहलीको माग

भारतीय टोलीका कप्तान विराट कोहलीले भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईसँग खेलाडीको पारिश्रमिक विषयमा सम्झौता गर्न छलफल हुनुअघि पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरेका छन्।  यसै वर्ष शीर्ष खेलाडीहरूको पारिश्रमिक दोब्बर बढाएर ३ लाख डलर पुर्‍याइएको थियो । तर बिसिसिआईले सेप्टेम्बरमा टेलिभिजन अधिकार ठूलो रकममा बेचेपछि खेलाडीले पनि त्यसको राम्रो हिस्सा आफूहरूले पाउनुपर्ने बताएका छन् । बिसिसिआई र भारतीय टोलीका खेलाडीबीच शुक्रबार नयाँ दिल्लीमा नयाँ सम्झौताबारे छलफल हुनेछ।

चुनावमा कलाकार : नाच्दै, गाउँदै, भोट माग्दै

दसैं÷तिहार पछिको समय सुटिङका लागि उपयुक्त मानिन्छ । मौसमको अनुकुलताका कारण पनि निर्माता ÷ निर्देशक यो समयमा सुटिङ गर्न रुचाउँछन् । संगीत र नाटकमा संलग्न कलाकारको पनि काम गर्ने समय यही हो ।

ट्विट गर्दै भोट मागेपछि कमल थापासँग स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मौनअवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना प्राप्त भएको जनाउँदै उपप्रधानमन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग सम्पूर्ण हिसाबकिताब मागेको छ ।

‘हेलो ऊर्जा मन्त्रालय, प्राधिकरणका कर्मचारीले घुस मागे’

ऊर्जा मन्त्रालयले सञ्चालन गरेको ‘गुनासो’ मा दिनहुँ जनताका गुनासाका घन्टी बजिरहन्छन् । सेवा सञ्चालनमा आएको साढे दुई महिनमा एक हजार गुनासा आइसकेका छन् ।

मौन अवधिमा फेसबुक, भाइबारबाट पनि मत माग्न नपाइने

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुँदैछ। मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन।

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन्।

‘अरुसँग छाप लगाइमाग्नु पर्छ’

बैतडी पञ्चेश्वर गाउँपालिका–४ ,आम्चौराकी ५० वर्षीया रुवशी आउजीले स्थानीय तह निर्वाचनमा वारेसमार्फत भोट दिइन। मत बदर हुने चिन्ताले उनले वारेसमार्फत मतदान गरेकी हुन् । मतदाता शिक्षा नपाएकाले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मतदान गर्न वारेस लिएर जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।

करदाता मैत्री प्रशासनको माग

निजी क्षेत्रका व्यवसायीले करदाता मैत्री कर प्रशासन बनाउनु पर्ने माग गरेका छन् । कर तिर्ने व्यवसायीलाई राज्यले सम्मानित रुपमा हेर्न नसकेको उनीहरुको गुनासो छ।

वन्दसूचीमै नपरेकालाई समानुपातिकको उम्मेदवार भन्दै भोट माग्दै

मंसिर १० गते हुने संघीय प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका हिमाली जिल्ला मनाङका उम्मेदवारहरुले समानुपातिक उम्मेदवारको सूचिमै नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार भन्दै भोट मागेका छन्।

कफीको माग बढ्यो, उत्पादन बढेन

आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्