१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रदेश राजधानीको माग गर्दै धरानमा रिले अनसन

प्रदेश नं १ को राजधानी बनाउन विभिन्न जिल्ला र शहरबीच लविङ एवं रस्साकस्सी चलिरहँदा धरानबासीले भने रिले अनसन शुरु गरेका छन्। धरानलाई प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले भानुचोकस्थित घण्टाघरको पेटीमा पाल टाँगेर शनिबार दिउँसोदेखि रिले अनसन शुरु गरेको हो । अनसनमा विभिन्न राजनीतिक दल सम्बद्ध युवा, सामाजिक संघसंस्था र सर्वसाधारणहरूले पनि स्वेच्छिकरुपमा सहभागिता जनाइरहेका छन् । समितिले अनसनस्थलमा प्रदेशसभा, मुख्यमन्त्री र मन्त्रालयको लागि धरानमा उपलब्ध भौतिक संरचना एवं पुर्वाधारहरूको तस्बिरसमेत ब्यानरमा राखेको छ।

आयोगले दलसँग माग्यो सांसद हुनेको नाम

निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक सिट बाँडफाँड गरी राजनीतिक दलहरूलाई पत्र पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

६ नम्बर प्रदेशको राजधानी माग्दै कर्णालीबासी

राज्यको पुर्नसंरचना गर्दा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा सडकमा उत्रिएको जुम्ला अहिले कर्णालीमा प्रदेश राजधानीको माग गर्दै आन्दोलनको तयारी थालेको छ। पहिचान र सामाथ्र्यका आधारमा कर्णाली अग्रस्थानमा रहेको भन्दै कर्णालीमै ६ नम्बर प्रदेशको राजधानी हुनुपर्ने माग जुम्लाबासीको छ।

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ।  युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए।

‘कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्रै गरिनुपर्ने’

वैदेशिक रोजगारीका लागि आउने नेपाली कामदारको मागपत्र प्रमाणीकरण सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट मात्रै गरिनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

आयल निगमले सरकारसँग एक अर्ब क्षतिपूर्ति माग्यो

सरकारले स्वचालित मूल्य प्रणालीमा हस्तक्षेप गरेर मूल्य समायोजन गर्न रोकेको भन्दै नेपाल आयल निगमले एक अर्ब रुपैयाँ क्षतिपूर्ति मागेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार भाउ बढाए पनि सरकारको निर्देशनपछि घटाउनुपर्दा निगमले घाटा बेहोर्नु परेको भन्दै सोको सोधभर्ना मागेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन्।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन्।

राजधानी पहाडमै हुनुपर्ने माग राख्दै आन्दोलन

७ नम्बर प्रदेशका सात पहाडी जिल्लाका स्थानीयले राजधानी पहाडी जिल्लामै हुनुपर्ने माग राखेका छन् । सरकारले बिहीबार राजधानी तोक्ने भएपछि सात नं. प्रदेशको राजधानी पहाडमै हुनुपर्ने पहाडी जिल्लावासीले माग गरेका हुन् ।

छानबिन गर्न भगवतीको माग

सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् ।

हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ।

प्रदीप पौडेलद्वारा पुनः मतदान माग

तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्।

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन्।

मौन अवधिमा फेसबुकमा मत मागे पनि कारबाही

मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ । त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्