एकैछिन
सन्तोष आफ्नै मनमा नखोजी नटुंगिने सञ्चय मार्ग रोजी दुखाउने हो किन व्यर्थ माथ बसौँ न एकैछिन साथसाथ ।
बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ,नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ । सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्, जाडो पनि कति हो, उस्,उस्, उस् ।
एभन नदी वील्टशायर भ्यालीको काखमा हिउँदभरि झोक्राएर बग्दछ र, वर्षा याममा रमाउँदै बग्दछ नदीको नियति बग्नु रहेछ ! म एभन नदी बग्न चाहन्छु !
मोफसलबाट राष्ट्रियस्तरभन्दा माथि खडा भएको साहित्यिक वृत्त, प्रसिद्धि र छवि ईर्ष्यालाग्दो थियो । तर, व्यक्तिगत जीवन घटना, दुर्घटना र त्रासदीहरूले गर्दा करुणालाग्दो थियो । अनाथ हुर्किएर पतिको सहारा त पाउनुभयो तर जँड्याहा लोग्ने दुई वर्षमै बिते । त्यो अवस्थामा पनि निरन्तर र विलक्षण साहित्य सृजनाले गौरवशाली राष्ट्रिय पुरस्कार पाउनुभयो, जसको थैली नै पनि गरौं थियो ।
यो पुस्तक पढेपछि नेपालका विकट गाउँघरको दिनचर्या, त्यहाँको सामाजिक तथा आर्थिक गतिविधि र उनीहरूले भोग्नुपरेका समस्या तथा चुनौतीका साथै प्रशस्त मौकाहरूका बारेमा छर्लङ्ङ हुन्छ। तसर्थ यो पुस्तक स्कुल तथा कलेजस्तरका विभिन्न संकाय (ग्रामीण विकास, शिक्षा, मानवशास्त्र, पर्यटन, वातावरण, म्यानेजमेन्ट)का विद्यार्थीका लागि सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ।
ढुङ्गाझैं कठोर मनलाई कसैको बिलौनाले छुॅदैन, आफ्नोबाहेक अरूको दुखमा कहिल्यै रुँदैन । मै खाऊॅ मै लाऊॅ भन्ने पनि उनीहरू नै हुन् साथी, आफ्नै लागि मात्र राजनीति गर्ने कम्युनिष्ट हुॅदैन ।
बिचौलियाले खान्छ मेरो सारा परिश्रम ,पसीनाको मूल्य पाउने बजार भाउ छैन । सरकार भन्छ सधैँ अब जहाज चलाउँछु , खोलापारि गाउँ छ त्यहाँ तर्ने नाउ छैन ।
बारपाक बस्ती माथि उत्तरपट्टि बौद्ध हिमाल मुसुक्क मुस्कुराइरहेछ । त्यसको काखमा नारद कुण्ड छ । हरेक जनै पुर्णिमाको दिन मेला लाग्दो रहेछ त्यहाँ । दरौंदी नदीको मुहान मुख्यतः नारद कुण्डलाई मानिंदो रहेछ ।
खाइन मिठो लगाइन राम्रो ,न साथीसँग बसेर रमाएँ । चालीसपछि रमाउँला भन्दै, घोटेर देह सम्पत्ति कमाएँ । रोगाएँ आज हुन्न खान केही, सम्झिएर दुख रोएँ ।
रानीको उत्साहपूर्वक आग्रहमा भावविभोर भयो राजा । फलत दुवै मन दुवै इच्छा प्रेमक्रिडामा निमग्न भए । राजारानीको त्यो क्षणलाई स्वागत गर्न प्रकृतिले पनि सहस्र पानीको बुँदाहरूलाई समर्पित गरिरहेको थियो । सुस्तरी सर्सराइरहेको बतासले फूलहरू खसाइरहेको थियो राजारानीको स्वागतार्थ ।
कथामा नेवारी परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्पराभित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरीकाले प्रस्तुत गरिएको छ ।