२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

हृदयघात

लघुकथा

तुलसी पण्डित  

आज निरुमाको बत्तीस वर्षको उमेरमा हृदयघातबाट मृत्युु भयो ।सबैको मुखमा थियो कठै लाउँलाऊँ  खाऊँखाऊँ  भन्ने उमेरमा नै उनले मृत्युवरण गर्नु पर्यो ।घरमा रुवावासी चलेको छ ।गाउँका सबै मानिस जम्मा भएका छन् ।

आमैले भन्नु भयो – अघि भर्खरसम्म निरुमा घरको काम गर्दै थिइन् । यति चाँडै गइन् किन यस्तो भएको सानु बाजे ।

– ल तपाईलाई थाहा छैन आमै । यो त हृदयघातबाट यस्तो भएको हो ।

– के हो हृदयघात भनेको ?

– यो त मुटुमा अकस्मात आएको अवरोध हो ।

– हैन कस्तो झाप्पै लाने रहेछ यो रोगले त है ।

– आमा यो रोग लाग्नुभन्दा अगाडि यसले आफ्नो लक्षण देखाउँछ । हामी यसलाई ख्याल गर्दैनौ । जसले गर्दा हामीलाई यसले सहज रूपमा लैजान्छ ।

– केके होला यसका लक्षणहरू !

छाती वा अन्य ठाउँमा पीडा हृदयघातको संकेत हो । छाती बाउँडियो भने, पाचनतन्त्रमा गडबडी भयो भने , लगातार तनाव चिन्ता र डर महसुस  भयो भने , काम नगर्दा पनि अत्यधिक पसीना आयो भने, गोडा फुल्ने भयो भने, धेरै दिनसम्म  ढुकढुकी बढ्यो भने हामीले जान्नुपर्छ यो हृदयघातको लक्षण हो। यस्तै लक्षण देखिएको बेला हामीले उपचार गर्यौ भने हृदयघातबाट बँच्न सक्छौ ।

बूढी आमाले भन्नु भयो– हामी आफै सचेत नहुँदाको परिणाम पो रहेछ यो।

प्रकाशित: २ माघ २०७७ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App