के दिऊँ चिनो तिमीलाई
भन्देऊ सानु मायाको, के दिऊँ चिनो तिमीलाई ,यो दिलभित्र सजाई मैले, राखिसके तिमीलाई । धड्कन बढ्यो मनमा, डर लाग्छ कराउँछौं कि, लाग्छ मलाई कताकता, मसँग पो रिसायौं कि।
भन्देऊ सानु मायाको, के दिऊँ चिनो तिमीलाई ,यो दिलभित्र सजाई मैले, राखिसके तिमीलाई । धड्कन बढ्यो मनमा, डर लाग्छ कराउँछौं कि, लाग्छ मलाई कताकता, मसँग पो रिसायौं कि।
चुनावको दिन दशैंकोझैं रमझम थियो । सबै खुशी देखिन्थे । चुनाव सकियो । मत गणनाको परिणाम पनि आयो । चुनाव चिन्ह गिध्द विजयी भयो । सेकेण्ड मिनेट र घण्टा हुँदै अर्को चुनाव पनि आउनै लाग्यो तर त्यो क्षेत्रको विकास अर्को चुनाव आउला र मासुभात खाऊॅला भन्ने प्रतीक्षामै सीमित रह्यो । संसद् अनि मन्त्री भत्ता र सुविधा तथा विकास योजनाको बजेट अर्को चुनावको बजेट बन्यो दश पुस्तासहित ।
युद्धरत छु म आफैंसँग र हेरिरहेछु टुलुटुलु पराजित हुनै लागेका मेरा अनगिन्ती चाहनाहरूको भविष्य मेरा अनगिन्ती सपनाहरूको नियति।
पौवैगौंडे पञ्चायती अन्धकारको युगमा नै बिउँझिएको थियो । एक्लाखेत, नुवाकोट आदि ठाउका जाली र फटाहाको शोषण र थिचोमिचोको विरोधमा त्यो जुर्मुराएको थियो । चारैतिर अँध्यारै अँध्यारोले ढाकेको समयमा पनि त्यहॉ आगोको रॉको भरभराउँदै बलेको थियो ।
संविधान फेरियो मेरो देशको अत्याचार उस्तै छ अझै, हेर अनुहार त्यो गरीबहरूको लगातार उस्तै छ अझै । शान्ति मागेन कुनै इतिहासमा हिंस्रक हतियारहरूले, त्यसैले सावधान त्यो तिर्खाएको तरबार उस्तै छ अझै।
को पो होला सजिलै सारा खुसी पाउने, दुखै दुख पर्दा पनि रम्न जान्नुपर्छ । को आफ्नो को पराई खै कस्को भर पर्ने, सबै आफ्ना सबै पराई चिन्न जान्नुपर्छ । सबै बाटा अप्ठ्यारा नै हुन्छन् जिन्दगीका, असल भई चुनौतीलाई जित्न जान्नुपर्छ ।
दुई प्यालाहरू भरेउ मेरा आँखा छोप्न लगाई,जहर मलाई दिएर आफू अमृत पिएर गयौ। मलाई लिएर मलामीहरू घाटतिर गैरहेको पल, तिमी डोलीमा मङ्गलसूत्रले सिँगारिएर गयौ।
हात समाई जिन्दगीको जङ्घार तिम्ले तारिदियौ,किनारामा पुगेपछि फेरि किन छाडिदियौ ? नयनका आँसु पुछ्यौ देउता भनी धेरै पुज्यौ, तर, कस्तो भाग्य मेरो मन्दिरबाट फालिदियौ।
दाजुहरूको जस्तो मेरो हालत नहोस् भनेर बाइक त मलाई चाहिएको नि । सधैं केटीको फोटो देखाएर यो हुन्छ, त्यो हुन्छ ? यत्तिको भइहाल्छ नि भनेको छ । कस्तो छ बानीबेहोरा केही थाह छैन । हेरिनसक्नु अनुहार र हाइट भएका सबैले हेरेर छोडेका केटी फेला पर्लान् भन्ने पो डर।