२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

बादल

लघुकथा

बालकृष्ण गजुरेल

 

युवाहरू बेरोजगारको कारण  दिनहुँ देश छोडिरहेका थिए ।  दश लाख युवाले स्नातक सकाए । दुई लाख पचास हजार सरकारी जागिरमा थिए । दुई लाख पचास हजार एनजओि र निजी क्षेत्रमा जागिर गर्थे । बाँकी पाँच लाख स्नातक सकेका जीवन निर्वाह गर्न देश छोडिरहेका  थिए । शिक्षित व्यक्तिको यति ठूलो  मात्रा पलायन हुनु भनेको  देशको बर्बादी थियो ।

स्नातक सकेका  देश छोड्दै जाँदा राजनीति पार्टीमा आसेपासे हनुमानबाहेक अरू अटाएनन्  । सर्वसाधरण अलमल परे ।  मालिकले लंगौटी खोले पनि आधुनिक भन्दै झ्याली पिट्नेहरू रहे । अवस्था दिनप्रतिदिन नाजुक भयो।

एक थिंकट्याङ्कले भने – के थाहा र दासहरूलाई  मालिकसँग सति जाने कि खाफू जीवित रहने भन्ने ।

छलफल लामो चल्यो । विद्ववानहरू पनि स्वतन्त्र थिएनन् ।  कोही आफूलाई विदेशी डलरमा बेचेर नागरिक समाजका प्रमुख भन्थे । कोही मानव अधिकारवादी भन्दै साक्षात्कार गर्दथे  । अन्त्यमा एक राष्ट्र चिन्तक विद्ववान् देखापरे ।

उनले चश्मा सार्दै बोले– आशाको बादल लागे पो वर्षा हुन्छ र हराभरा हुन्छ  । प्रलयको बादल लागेपछि अस्तित्व समाप्त हुन्छ ।

प्रकाशित: २७ पुस २०७७ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App