न सेवा भाव मनमा जगाएँ,
न चित्त ईश भक्तिमा लगाएँ ।
कृतिको काम गरिन कहिल्यै ,
न बाटो खनेँ न धारा बनाएँ ।
खाइन मिठो लगाइन राम्रो ,
न साथीसँग बसेर रमाएँ ।
चालीसपछि रमाउँला भन्दै,
घोटेर देह सम्पत्ति कमाएँ ।
रोगाएँ आज हुन्न खान केही,
सम्झिएर दुख रोएँ ।
प्रकाशित: १ माघ २०७७ ०७:५१ बिहीबार