बिरामी हुँदा जँचाउन जानी ठाउँ छैन ,
अस्पताल भएको एउटा पनि गाउँ छैन ।
पीडाहरू लुकाएर हाँसिरहेको छु म,
यो दिलभित्र न लागेको कुनै घाउ छैन ।
बिचौलियाले खान्छ मेरो सारा परिश्रम ,
पसीनाको मूल्य पाउने बजार भाउ छैन ।
सरकार भन्छ सधैँ अब जहाज चलाउँछु ,
खोलापारि गाउँ छ त्यहाँ तर्ने नाउ छैन ।
प्रकाशित: १ माघ २०७७ ११:०६ बिहीबार