१९ असार २०८१ बुधबार
image/svg+xml

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा चार, झापामा दुई र उदयपुरमा एक जनामा सङ्क्रमण देखिएको हो।

थप ५९६ मा कोरोना संक्रमण, १० जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो।

सङ्क्रमण घट्यो, खाली हुँदै अस्पतालका शय्या

पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन्। गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ। साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ।

थप ३,२७४ मा सङ्क्रमण पुष्टि, २७ को मृत्यु

पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ। निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ।

बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ।

उपत्यकामा सङ्क्रमण बढेसंगै अस्पताल भरिए

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन्। पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन्।

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

एक सातायता नेपालमा कोरोना सङ्क्रमण दर बढ्दै

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो।

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत

भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन्।

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना संक्रमित

भारतमा आइतबार ६० हजार ४ सय ७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ।

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञाः के गर्न पाइने, के नपाइने ?

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

कोरोनाबाट एकै घरका तीन जनाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्