२१ असार २०८१ शुक्रबार
image/svg+xml

चन्द्रागिरिका नगर प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन्।

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ।

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

'औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ', वादेले भने।

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। पछिल्लो समय कोरोनाबाट १४५ सङ्क्रमितको मृत्यु भएको छ।

पत्रकार कार्कीको निधन

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ बजे निधन भएको हो।

विवाहभोज खाएपछि संक्रमण, एकै घरका तीनको मृत्यु

बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्।

अक्सिजनको अभाव देखाएर सार्वजनिक सूचनाका नाममा जनतामा त्रास फैलाउने कार्य नगर्नूः प्रशासन

काठमाडौं प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ।

वाग्मतीमा सङ्क्रमणबाट एकै दिन ३४ जनाको मृत्यु

प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो।

५ सय ५० पत्रकारलाई काेराेना सङ्क्रमणः सातको निधन

कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिए।

कोरोना सङ्क्रमण भयावह बन्दै

कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ। सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ। जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन्।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो।

सभापति देउवाद्वारा कोराेनाको सङ्क्रमण रोक्ने हर सम्भव उपाय गर्न माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्