३१ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चन्द्रागिरिका नगर प्रमुखलाई कोरोना सङ्क्रमण

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ। नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन्।

उनी अहिले होमआइसोलेशनमा छन्। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन्। तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए। चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको छ। यसबाहेक सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ। चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७८ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App