३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना संक्रमित

भारतमा आइतबार ६० हजार ४ सय ७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो।  

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण २ हजार ७ सय २६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ। यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख ७० हजार ८ सय ८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

 गत २४ घण्टामा  १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन्। यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४ सय ७२ जना कोरोना मुक्त भएका बताइएको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ। हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित रहेका छन्।  

कोरोना शुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९ सय ८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ। गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो।

प्रकाशित: १ असार २०७८ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App