coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट एकै घरका तीन जनाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृत्यु भएको हो। एक हप्ताको अन्तरालमा ६९ वर्षीय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए।

उनका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेसनमा बसिरहेका बेला मृत्यु भएको हो। सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो। घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए।

प्रकाशित: १३ जेष्ठ २०७८ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App