१५ असार २०८१ शनिबार
image/svg+xml

काेराेना सङ्क्रमण शून्य जिल्ला बन्याे पर्वत

हिजाे थप दुई जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणको सङ्ख्या शून्य भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार तेस्रो लहरमा सङ्क्रमित भएका ८१४ जनामध्ये सबै मुक्त भएका छन्।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।

दक्षिण कोरियामा बुस्टर डोज लगाउने अवैधानिक मजदुरको जरिवाना मिनाहाः प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गर्ने

आगामी अक्टोबर १२ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोजसमेत पूरा गरेको प्रमाण पेश गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो।

रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ।

भारतमा कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।

कोरोना प्रयोगशाला नसर्दा पंक्षी प्रयोगशाला प्रभावित

राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विसं २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ।

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दै

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश नं १ मा ४०१ जनामा कोरोना सङ्क्रमण

छ सय २० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कर्मचारीलाई कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ। कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन्।

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरूपमा सञ्चालन गर्न पाइने छ। यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन ९चालक सहचालक मात्र० सञ्चालन गर्न पाइने छ।

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण

मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ।

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्योः स्वास्थ्य मापदण्ड पालना गर्न आदेश

नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरूपमा आवतजावत भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्