२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

समाचारको सारांशराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ।

सरकारी ध्वजाबाहक जहाजलाई सबै मिलेरमाथि उकासौँ: मन्त्री आलेमगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्‍याउनुपर्ने बताएका छन्।

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो।

वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए। शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन।

निगमको एक उडान शवका लागि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ।

खोप लिन वायुसेवा निगमको जहाज आज चीन जाँदै

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।

राष्ट्रियसभाः किसानदेखि वायुसेवा निगमका कुरा

नेकपा(एमाले)का नेता भैरवसुन्दर श्रेष्ठले राष्ट्र र जनताका पक्षमा राम्रो काम गरेको देखेर अतालिएर प्रमुख प्रतिपक्षलगायत दलले प्रधानमन्त्रीविरुद्ध घेराबन्दी गरेको बताएका छन्।

वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन: पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

वायुसेवा निगम भन्छः अहिले नै कम्पनी मोडलमा लगिनुहुन्न

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ ।

वायुसेवा निगममा अनियमितताको चाङ

नेपाली पाइलटलाई तालिम दिई उडान योग्य बनाउन चासो नदिएर जुहारचनले १८ जना विदेशी पाइलट भर्ति गरेका छन्। जसले गर्दा निगममा नेपाली पाइलट पछि परेका छन्। त्यस्तै, पाइलटलाई तालिम सञ्चालन गर्ने केन्द्र छनोटमा समेत जुहारचनले नियमविपरीत सस्तो तालिम केन्द्र छाडेर महँगो तालिम केन्द्र छनोट गर्दा निगमलाई एक वर्षमा झन्डै ५० लाख १६ हजार ७ सय १० नोेक्सान भएको केन्द्रले ठहर गरेको छ।

नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन दिएका छन्।

उडानमा जन्मदिन मनाउँदा कारबाही

पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं। कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो। कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै छ।

वायुसेवा निगमको सञ्चालक समितिमा किशोर प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई आज निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्