१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई नाफामूलक बनाउन निर्देशन दिएका छन्। उनको सम्मानमा निगमले आयोजना गरेको कार्यक्रममा मन्त्री अरगरियाले निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन निर्देशन दिए।  

उनले निगम नाफामूलक मात्र होइन, सेवामूलक समेत हो भन्ने अवधारणा सहित अगाडि बढ्न सल्लाह दिँदै सरकारका तर्फबाट पूर्ण सहयोग हुने आश्वासन दिए।  

मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजना सहित अगािड बढाउनुपर्नेमा जोड दिए। निगमका महाप्रबन्धकले डिमप्रसाद पौडेलले संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यवहारिक प्रयास भैराखेको जानकारी गराए। उनले निगमको पुँजी बढाउनुपर्नेमा जोड दिँदै व्यवस्थापनको उच्च सोच र कर्मचारीको सामूहिक सक्रियताले संस्थाले प्रगति गर्ने बताए।

प्रकाशित: १ असार २०७८ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App