२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml

सर्लाही–४ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।

मोरङका तीन क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङका तीन निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारको जमानत जफत भएको छ।

बारा १ मा रास्वपाका धिमाल विजयी

बारा निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल भारी मतान्तरले निर्वाचित भएका छन्।

गण्डकी प्रदेश: रास्वपाको वर्चस्व, कांग्रेसको बीउ जोगियो

परिणाम आउन बाँकी रहेका क्षेत्रमध्ये पनि अधिकांशमा रास्वपाकै उम्मेद्वारको अग्रता कायम छ ।

झापा ५ : ओलीलाई करिब ५० हजार मतले पछि पार्दै बालेन विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विरष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका प्रकाश पाठक विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन्।

डडेल्धुरामा कांग्रेसको गढ भत्काउँदै रास्वपाका जोशी विजयी

२०४८ सालयता निरन्तर शेर बहादुर देउवा निर्वाचित हुँदै आएको डडेल्धुरामा देउवा पछिको जनप्रतिनिधि चुनिने सौभाग्य जोशिलाई जुरेको छ।

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन्।

हारपछि प्रकाशलाई लिङदेनको आग्रहः अपार जनमतलाई निराश नबनाउनु

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक विजयी भएका छन्।

सिरहा–४ः रास्वपाका तपेश्वर जित नजिक

सिरहा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादवको जित सुनिश्चित भएको छ।

कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी

कञ्चनपुर निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा विजयी भएका छन्।

सर्लाही–१ मा रास्वपाकी भण्डारी विजयी

सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्की भारी मतले विजयी भएकी छन्।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे निरन्तर अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ८,७५५ मतकाे साथ अग्रता कायम गरेका छन्।

सिरहा–२ मा रास्वपाका यादवको जित सुनिश्चित

सिरहा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिवशंकर यादवको जित सुनिश्चित भएको छ।

प्रतिनिधिसभा निर्वाचन सफल भएको भन्दै मोदीले दिए बधाई

उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारतको छिमेकी मुलुकको हैसियतमा नेपालसँग विकास र स्थिरताको पक्षमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्