२ असार २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला

जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। गणक विवरण संकलन गर्न ८० वटा प्रश्नसहित घरघर पुग्नेछन्। जनगणनाबाट आउने तथ्यांक विकास लक्ष्य,नीति तथा कार्यक्रम तय गर्न सहयोगी हुन्छ।

बाह्रौँ राष्ट्रिय जनगणनाको तयारी पूरा, लिपुलेक, लिम्पियाधुरा र कालापानीमा पनि जनगणना गरिने

जनगणनाको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ।

बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत

राष्ट्रिय जनगणनाको लागि बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत भएका छन्। घरपरिवार सूचीकरण कार्यक्रम अन्तर्गत ४८ हजार ८ सय ६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।

राष्ट्रिय जनगणनामा भोजपुरीसँग झेल भएको आरोप

नेपालको राष्ट्रिय जनगणनामा भोजपुरी भाषासँग झेल भएको भोजपुरीका साहित्यकार अभियन्ताले आरोप लगाएका छन् ।

जन गणनामा मातृ मृत्युको तथ्यांक समेटिने

सन् २०१६ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले मातृ मृत्युको तथ्यांक संकलन गरे पनि राष्ट्रिय जनगणनामा समावेश गर्न लागिएको यो तथ्यांक फरक रहेको परिवार कल्याण महाशाखा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. पुन्य गौतमले बताइन्।

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने

देशमा बसोबास गर्ने विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहको अवस्था थाहा पाउनेदेखि उनीहरुको सामाजिक, आर्थिक तथा लैङ्गीक अवस्था कस्तो छ भन्ने बुझ्नका लागि पनि जनगणना गर्ने विश्वव्यापी प्रचलन रहेको छ।

निषेधाज्ञाले राष्ट्रिय जनगणना र परिचयपत्र स्थगन

कोभिड संक्रमण बढेसँगै उदयपुरमा निषेधाज्ञा लागू हुने भएपछि यही वर्ष हुन गईरहेको ‘राष्ट्रिय जनगणना २०७८’ र ‘राष्ट्रिय परिचयपत्र वितरण’का सम्पूर्ण कार्यक्रम अवरुद्ध भएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने निषेधाज्ञाले जनगणना र राष्ट्रिय परिचयपत्र वितरणका लागि भईरहेको बिवरण संकलनका कार्यक्रम स्थगन गरिएको हो ।

कोरोनाका कारण राष्ट्रिय जनगणना तालिम स्थगित

सरकारले कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गराएको हो।

राष्ट्रिय जनगणना तथ्यपरक बनाउन माग

आगामी २०७८ सालको राष्ट्रिय जनगणनालाई तथ्यपरक र उपलब्धिमूलक बनाउन सरोकारवालाले माग गरेका छन्। जनगणनाको तयारीस्वरूप बिहीबार गाईघाटमा आयोजित ‘राष्ट्रिय जनगणना ०७८ जिल्लास्तरीय सचेतना गोष्ठी’ का सहभागीले देश संघीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना भएकाले यसलाई वस्तुपरक बनाउनुपर्नेमा जोड दिएका हुन्।

जनगणना वैशाख २६ गतेदेखि

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा तथ्याक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने विभागले जानकारी गराएको हो।

राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि

प्रत्येक दस-दस वर्षमा हुने राष्ट्रिय जनगणना आगामी वैशाख २०७८ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्