१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय जनगणनामा ६ स्थानीय तहमा क्यापि विधि प्रयोग

बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनामा ६ स्थानीय तहमा क्यापि विधि प्रयोग गर्ने भएको छ। केन्द्रीय तथ्यांक विभागले जनगणनाको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतीमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ।

बुधबार पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको बताउँदै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको जनगणना गरिने पनि बताए।  

यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ।

प्रकाशित: २४ कार्तिक २०७८ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App