३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

नेपाली कांग्रेसका सभाषद् अमरेशकुमार सिंहले सरकार सुसासन र समृद्दिको खोक्रो नारा बाँडेर भ्रष्टाचारमा अग्रसर रहेको आरोप लगाएका छन्। भ्रष्टाचारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिरहेको भन्दै उनले ओलीको राजिनामा समेत माग गरे।

संसदमा प्रधानमन्त्रीलाई प्रश्नः पानी जहाज कहाँबाट चल्यो ?

गत असार १४ गते एक सार्वजनिक कार्यक्रममा नेपालमा पानी जहाज चल्ने मिति तोकेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज संसदमा जहाज चलेको स्थानबारे जानकारी दिन माग गरिएको छ।

हसिना चौथो पटक प्रधानमन्त्री बन्दै

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गरेका छन्। देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी दलले पुनः चुनाव हुनुपर्ने माग गरेको छ।

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्।

प्रधानमन्त्रीलाई सांसदको प्रश्नः सम्वेदना दिनुपर्नेमा बधाई किन? सत्यतथ्य चाहियो

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राष्ट्रपतिले इण्डोनेसियामा पठाएको विवादित पत्र र भूकम्प पीडितमाथि भएको पक्षपातबारे प्रधानमन्त्रीको जवाफ मागेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्थमन्त्री युवराज खतिवडालाई पनि संसदमा जवाफ दिनका लागि बोलाउन सभामुख कृष्ण महराको ध्यानाकर्षण समेत गराएका छन्।

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक पुनर्निर्माण सुरु गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको जगमा पुजा गरि उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा ‘मौलिकता झल्कने र आधुनिकता टल्कने हुने बताए।

समर्थन फिर्ता लिने चेतावनीपछि ओलीले भने : मधेशको समस्या समाधान गर्छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी(राजपा)का प्रतिनिधिहरुसँगको छलफलमा ओलीले उनीहरुका मागबारे अध्ययन गर्न सात दिनको समय मागेको छलफलमा सहभागी राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

संविधान संशोधन लगायतका विषयमा राजपाको प्रधानमन्त्रीसँग छलफल

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका राष्ट्रीय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डल लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।

अन्तरप्रदेश परिषद बैठक सुरू, अध्ययन कार्यदलले प्रतिवेदन बुझाउँदै

प्रदेश सरकारका समस्या र तिनका समाधान सुझाउन गठित अन्तरप्रदेश परिषद अन्तरगतको कार्यदलले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी ओली समक्ष बुझाउँदैछ। यसका लागि  परिषदकाे बैठक सुरू भएकाे छ।

पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार  मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो।

पूर्वप्रधानमन्त्री गिरीको निधनमा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त

धानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले आफु दु:खी भएको बताएका छन्।

‘सक्रिय’ सल्लाहकार

प्रधानमन्त्री र मन्त्रीका खास सल्लाहकार त्यही मन्त्रालयका सचिव र अन्य कर्मचारी हुन्। ‘स्थायी सरकार’ पनि भनिने कर्मचारीतन्त्रले प्रत्येक पाँच वर्षका लागि निर्वाचित भई आउने जनप्रतिनिधिलाई मार्गदर्शन गर्छन्। के कानुनसम्मत हो र के होइन भन्ने जानकारी तिनैबाट लिनुपर्छ। तिनले जनप्रतिनिधिलाई कानुनी काइदादेखि सरकार सञ्चालनका मर्यादामा समेत सजग गराउँछन्।

राजस्व सचिवमा घिमिरे, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सरुवा गरेको छ । ढुंगानाको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट लालशंकर घिमिरेलाई ल्याइएको छ ।

स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा

प्रधानमन्त्रीका अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्ववपूर्ण ‘प्रोजेक्ट’ हरू प्रतिस्पर्धा नगराई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ ।

कायमै हरुवाचरुवा प्रथा

राणा प्रधानमन्त्री चन्द्रशमशेरकै पालामा उन्मूलन घोषणा गरिएको दासदासी प्रथा पूर्वी तथा मध्य तराईमा ‘हरुवाचरुवा’ को आवरणमा अझै कायम छ। दासप्रथाको अवशेषका रूपमा यो प्रथा कायमै रहँदा एक लाखभन्दा बढी नागरिकले संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव गर्न पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्