७ वैशाख २०८१ शुक्रबार
राजनीति

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

काठमाडौं– नेपाली कांग्रेसका सभाषद् अमरेश कुमार सिंहले सरकार सुसासन र समृद्दिको खोक्रो नारा बाँडेर भ्रष्टाचारमा अग्रसर रहेको आरोप लगाएका छन्। भ्रष्टाचारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिरहेको भन्दै उनले ओलीको राजिनामा समेत माग गरे।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा मन्तब्य राख्दै सिंहले नेपाल वायुसेवा निगमको वाईड बडीमा भएका भ्रष्टाचार र प्रधानमन्त्री कार्यालयमा बनाउने भनिएको वार रुम निर्माणलाई द्रिष्टान्त बनाउँदै राजिनामाको माग गरेका हुन्।विमान खरिदमा भएका अनियमितताको फेहरिस्त आफूसँग रहेको जानकारी उनले संसदलाई गराएका थिए।

‘विमान खरिदका लागि दर्ता नभएको कम्पनीसँग संझौता गरिएको छ, आउट डेटेड सेरिजको बिमान ल्याइएको छ, भनिएको भन्दा कम तौलको  ल्याइएको छ,’ उनले भने, ‘सबै अनियमितताका प्रमाण म संसदलाई दिन चाहन्छु।’

उनले प्रधानमन्त्री कार्यालयमा बन्ने भनिएको वार रुममा पनि व्यापक अनियमितता र सुरक्षा संवेदनशीलतालाई ख्याल नगरिएको आरोप लगाए। ‘वार रुम बनाउन सार्वजनिक खरिद ऐनको उल्लंघन गरेर सिधै हुवावे लाई दिन लागिएको छ,’ उनले भने, ‘ प्रधानमन्त्री कार्यालयको सुरक्षा संवेदनशीलतालाई ख्याल किन नगरेको ? क्यानडा अमेरिकजस्ता देशमा उक्त कम्पनी प्रति शंका बढीरहेको छ, संवेदनशील सूचना चोरी हुन सक्छ।’

प्रकाशित: १७ पुस २०७५ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App