२८ आश्विन २०८१ सोमबार
image/svg+xml

क्यानभासभित्रको एक वृत्तचित्र

डार्बिनको विकासको सिद्धान्त क्यानभासमा उतार्छु सिन्धु मिश्र अनि हरप्पाहरू रङ्गभित्र खोज्छु रङ्गहरु छ्याप्छु क्यानभासमा चित्रहरू विचित्र भएका छन् रङ्गहरू बेरङ्गका भएका छन्र ङ्गहरू बेढङ्गका भएका छन अब्स्ट्र्याक्ट चित्र अब्स्ट्र्याक्ट सभ्यता अब्स्ट्र्याक्ट मान्छे बुझ्दिन म मान्छे रौ हराएको राम्रो मान्छे पुच्छर हराएको परिष्कृत आधुनिक मान्छे

मेरो गाउँ

मगमग बास्ना आउने माटो ऐना हेर्न मिल्ने पोखरीको पानी सहरको एउटा गमला झैैँ सधैँ हरियो हुने हराभरा मेरो गाउँ स्वच्छ मेरो ठाउँ दुर्गन्धले बाफिएर पसीनाले च्यापिएर हाहाकारमा हराउने त होइन ।

कहरको प्रहर

समय कहर बनेर टक्क उभिएको छ तर भोक उभिएको छैन आवश्यकता शून्य भएको छैन चलायमान भोकले भोजन खोज्छ भोकको अघिल्तिर केको नैतिकता केको स्वाभिमान भोको पेटले किन सक्थ्यो र भजन गाउन भोक सगरमाथा बनेर चुलिन्छ भोकको अघिल्तिर इमान पनि थाहै नपाई बरफ बनेर पग्लिन्छ ।

चेपाङ बस्तीमा आगो, हत्यारालाई फूलमाला !

महान काम गरेजस्तो हत्याराको शान हेर, बधशालाको मालिकजस्तो न्यायधिशको इमान हेर।

युरोपको सगरमाथामा थकाल्नी दिदीको अनुहार

बीचबीचमा यौन पसल लेखिएका पसलहरू थिए । त्यहाँ रबरले बनाइएका नारी र पुरुषका अङ्गहरू, यौनमूलक चलचित्रका क्यासेटहरू र यौन उत्तेजना बढाउने औषधिहरू बेच्न राखिएका देखिन्थे । पारदर्शी छाता ओडेर घुँडासम्म पुग्ने छालाको बुट पहिरेका दुई खेलौनाले गाडीभित्र बसेका हामीलाई हातैले आह्वान गरे । नितम्बको केही भाग मात्र छोपिने मिडी र स्तनको आधा भाग मात्र घेरिने वस्त्र पहिरेका ती पुतलीहरूले हिउँलाई हिङ बराबर पनि मानेका थिएनन् ।

रोहिङ्ग्या

शिविर र घरको सम्बन्ध सार्बभौमिक्ता र पराधिनताको सम्बन्ध मान्छे र अमान्छेबिचको सम्बन्ध आफ्नो माटोमै म भए पनि आफ्नै बाटोमै म बाटो बिहीन भए पनि आफ्नैसंग रङ्ग नमिलेर म बेरङ भए पनि आज म संग आफ्नो देश नभए पनि तिमी मलाई देश सोध्छौ भ अनुहारमा लागेको घाम देश हो मेरो अनुहारमा लागेको बादल पनि त एउटा देश हो मेरो अनुहारमा दन्केको आगो पनि त देश हो जो निभाउन तल्लिन छन् आफ्नै मान्छेहरु !!!

जुन घरमा आमाको सम्मान हुन्छ त्यो घर मन्दिर बन्छ

जिउन जानिएन भने दुःखको मरुभूमि हो जीवन, जिउन जानियो भने खुशीको सागर हो जीवन। त्यसैले क्षणिक समस्या आउँदैमा रंगीन जीवनलाई रङ्गहीन बन्न दिनुहुन्न भन्ने कुरा मैले आमासँग हुर्किंदै गर्दा जानें।

स्मृतिमा छाडेर जानेहरू

दुख हुन्छ भनेर उत्तम कुँवर बसेका भए नेपाली साहित्यले स्रष्टा र साहित्यजस्तो गहन कृति पाउँथ्यो ? मेरो काम कथा लेख्ने त हो नि भनेर परशु प्रधान बसेका भए के नेपाली साहित्यले केही क्षण केही अनुहार र केही अनुहार केही क्षण पाउँथ्यो ? शंकर लामिछाने, इन्द्रबहादुर राई हुँदै नारायणबहादुर सिंह, आनन्ददेव भट्ट, किशोर कुँवर, नरेन्द्रराज प्रसाई, श्रीओम श्रेष्ठ रोदन आदिका यस्ता कृतिहरू कत्ति छन् कत्ति । अतः यस्ता पाइनसक्नुका कृतिहरू पाउनका लागि यस्ता शिल्पीहरूले दुख पाउनै पर्छ भन्ने लाग्यो ।

कोरोनाकालका तीन लघुकथा

राहत सामग्रीमा पाँच किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन थियो ।”पालैपालो आउनुहोला । हुलहाल नगर्नुहोला । हामी सबैलाई राहत दिन्छौं” वडाअध्यक्ष आफू दाता भएको परिचय ँिददै थिए । मानिस आउने जाने त्रम चलिरह्यो । एक घण्टामा त्यहाँ हल्ला फिँजियो—“कुहिएको चामल बाँडिदैछ ।” यो हल्ला घटेन, बढ्दै गयो । “यो हुनै सक्दैन । त्यसै आरोप लगाउने । राहत जस्तो कुरामा पनि राजनीति गर्ने ?” वडाध्यक्ष कराए ।

कोरोनाकालका तीन लघुकथा

राहत सामग्रीमा पाँच किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन थियो ।”पालैपालो आउनुहोला । हुलहाल नगर्नुहोला । हामी सबैलाई राहत दिन्छौं” वडाअध्यक्ष आफू दाता भएको परिचय ँिददै थिए । मानिस आउने जाने त्रम चलिरह्यो । एक घण्टामा त्यहाँ हल्ला फिँजियो—“कुहिएको चामल बाँडिदैछ ।” यो हल्ला घटेन, बढ्दै गयो । “यो हुनै सक्दैन । त्यसै आरोप लगाउने । राहत जस्तो कुरामा पनि राजनीति गर्ने ?” वडाध्यक्ष कराए ।

रातो जुत्ता

मोतिलालले वीरगञ्जको फुटपाथमा कयौको फाटेका जुत्ता सिलायो। पालिस दलेर जुत्ता चम्कायो। विडम्बना! गरीबीले फाटेको आफ्नो जीवन कहिल्यै सिउन सकेन। जुत्ता चम्काएभै भाग्य कहिल्यै चम्काउन सकेन।

लघुकथामा लघुवार्ता

एक थाल भातभन्दा एकपित्को अचारकै स्वाद गाढा र प्रभावकारी हुन्छ। उपन्यास त के कथा पढ्नेसम्म फुर्सद र धैर्यता छैन आजको मान्छेसित। घोरिएर उपन्यास पढ्ने जमाना गए अब । आजको यान्त्रिक मान्छे छोटो, मीठो र चोटिलो कुरा पढ्न मन गर्ने भएकाले लघुकथाको लोकप्रियता बढेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्