जनक जोशी मुडभरी
इन्द्रेणीको रङ्ग जस्तै
तम्रो मुहार ख्रूब टल्क्यो मनमा
टल्किएको मुहारले घायल पार्नु पा¥यो
संगै खेलेका संगै रमाएका
ती सबै घटना परिघटनाहरू
लाहुरेका टेपभित्र क्यासेटको तानी घुमेझैं
खूब घुमे स्मृतिपटलमा
जातिवादको दुश्चक्रले
सिकार बनाई छोडेपछि
चट्टानजस्तै आडम्बरले
गर्नु गरेपछि
एक लोग्ने मान्छे
लोग्ने बन्न नसकेपछि
गड्याङगुडुङ गरेर नबोलेको हैन आकाश
आषाढ बर्षेझैं झमझम नबर्सेका हैनन्
आँखाका परेली
नउब्जेको हैन छातीमा भक्कानो
कैयौंपल्ट
हुँक्हुक्क गरिरहँदा नभएको हैन गाला पनि अवरुद्ध
खूब किटेको हँु दाह्रा
तैपनि बोक्न छोडेकै त कहाँ थिएँ र
त्यो प्रेमरूपी यादको झोला।
मेरो जीवनका पाटाहरू सबै उथलपुथल भएपछि
दिउँसै मनको घाम अस्ताएपछि
जवानीका दिनहरू मात्र कहाँ
जीवन नै छायामा पर्न थालेपछि
निस्केको हो मुखबाट एउटा वाक्य
होसियार ! होसियार!
प्रेमका मदहोशीहरू हो होसियार!
बेजातिको मायाप्रेम
चट्याङजस्तै हुने रहेछ।
मालिक,
रङ्गभेदको दुनियाँमा
अचेल बारुद बनेकी छु
नम्माइ (अलिकति) परै बस
नआऊ मालिक
अब नजिक नआऊ
नआऊ अब नजिक नआऊ।
प्रकाशित: २६ श्रावण २०७७ ०८:०१ सोमबार