१० मंसिर २०८१ सोमबार
image/svg+xml

सागका कास्य विजेता आचार्य सम्मानित

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल सरकारको आयोजनामा भएको सागमा ब्याडमिन्टन प्रतियोगीतामा टिम इभेन्टतर्फ कास्य पदक जितेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का खेलाडी जीवन आचार्यलाई सम्मान गरिएको हो।

सागका बक्सिङ स्वर्ण विजेता पुरस्कृत

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए।

पूर्वका साग विजेतालाई सम्मान

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदकविजेतालाई सम्मान र स्वागत गर्ने क्रम जारी छ। यसैबीच मंगलबार इलाम विकास समाजले सागमा पदकविजेता खेलाडीलाई सम्मान गरेको छ।

सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ।

भारतीय खेलाडीलाई हराउँदै भुपेनले जिते स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९-२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।

ओस्कार विजेता अभिनेता नेपाल भ्रमणमा

ओस्कार विजेता अभिनेता एड्रियन ब्रोडीले हालै सगरमाथा आधा शिविरसम्मको भ्रमण पूरा गरेका छन्। गत साता नेपाल आइपुगेका अभिनेता ब्रोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सगरमाथा आधा शिविरसम्मको यात्राबारे जानकारी गराएका थिए।

दुई सन्तानकी आमालाई दुई स्वर्ण

दुई सन्तानकी आमा आयषा शाक्यले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधामा दुई स्वर्ण जित्दा नेपालले कुल सात स्वर्ण हात पारेको छ।

स्वर्ण विजेता टोलीमा चिकित्सक

गत वर्ष मात्र नेपाली सेनाको महासेनानी पदमा रहँदै स्वैच्छिक अवकाश लिएका राईले सरकारले स्वर्ण विजेताका लागि दिने मासिक ४ हजार भत्ता एक अनाथालयलाई दिने गरेको बताए।

अन्तर्राष्ट्रिय कम्ब्याट गेम्सः नेपाल उपविजेता

भारतमा भएको अन्तराष्ट्रिय कम्ब्याट च्याम्पियनसिपमा कुल १५ पदक जित्दै नेपाली तेक्वान्दो टिम उपविजेता बनेको छ । भारतको दिल्लीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल १५ पदक जितेको हो।

ऐतिहासिक पदक विजेतालाई जनही तीन लाख

नेपाली भलिबलमा ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता हात पारेको नेपाली महिला टोलीलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले शुक्रबार जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

खोटेहाङ गाउँपालिका ‘बी’लाई उपाधि

खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको मपारुङ अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि खोटेहाङ गाउँपालिका (बी) ले चुमेको छ।

सनहक शान्ति पुरस्कार विजेता घोषणा

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुनलाई सनहक संस्थापक शान्ति पुरस्कार प्रदान गरिएको छ। त्यस्तै सन् २०२० को सनहक शान्ति पुरस्कार सेनेगलका राष्ट्रपति म्याकी साल र प्यालेस्टाइनको इभान्जिकल लुथरन चर्चका पादरी डा. मुनिव युनानलाई दिइने भएको छ।

भारतलाई साफ यु–१८ उपाधि

खुसीयाली मनाउने क्रममा पहेंलो कार्ड महँगो साबित हुँदाको दिन आइतबार भारतसँग २–१ ले स्तब्ध हुँदा बंगलादेश नेपालमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपविजेता बनेको छ।

नेपाल नदेज्दा कपकाे उपविजेता, सावित्रा सर्वाधिक गोलकर्ता

नेपाल किर्गिस्तानमा जारी नदेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ। बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्