१० मंसिर २०८१ सोमबार
image/svg+xml

साफ यू १५ फुटबल प्रतियोगिताको उपाधि भारतलाई, नेपाल उपविजेता

शनिबार कल्याणीमा भएको फाइनल खेलमा आयोजक भारतले नेपाललाई ७-० गोल अन्तरले पराजित गरेको हो।

रंगभेदी टिप्पणीको कडा निन्दा

विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि भएको रंगभेदी टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको छ ।

भरत र टासीलाई उपाधि

नेटतर्फ उपविजेतामा राजेन्द्र श्रेष्ठले ३७ स्कोर बटुलेका थिए । यता, एनजे रायमाझी ग्रसमा उपविजेता रहँदा ३५ ग्रस स्कोर बनाए । महिलामा आर्सिया बानुले च्याम्पियन हुँदा ३७ स्कोर बटुलिन् । कास्मिरा शाहले पनि समान ३७ स्कोर बटुले पनि काउन्ट ब्याकको आधारमा पछि पर्दै उपविजेतामै खुम्चिइन् । ब्याक नाइनमा आर्सियाले १९ स्कोर बटुल्दा कास्मिराले १७ स्कोर मात्र बनाएकी थिइन् ।

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ। शुक्रबारबाट सुरु भएको लिगको पहिलो खेलमा एथ्लेटिकोका लागि अन्तिम मिनेट बाँकी रहँदा अरिज अडुरिचले गोल गर्दै साबिक विजेतामाथि जित दिलाएका हुन्। यससँगै नयाँ सिजनमा एथ्लेटिको बिलबाओले सुखद सुरुआत गरेको छ।

खेलाडी सम्मानमा राखेपको काखापाखा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असार ३१ मा आठौं राष्ट्रिय खेलकुदमा सहभागी विभिन्न ३५ खेलका स्वर्ण विजेतालाई पूर्वघोषित सम्मान रकम उपलब्ध गराएको थियो। तर एउटै प्रतियोगितामा सहभागी भएका अन्य केही खेलका स्वर्ण विजेतालाई भने राखेपले सम्मान रकमबाट वञ्चित गर्दै विभेद गरेको छ।

पदक विजेतालाई सम्मानित गरिने

गत शनिबार घरेलु मैदानमा सम्पन्न दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोट्रस च्याम्पियनसिपमा पदकविजेता खेलाडीहरूलाई सम्मानित गरिने भएको छ।

विजेतालाई सरकारको पुरस्कार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएका विभिन्न स्पर्धाका खेलाडीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। सम्मान हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने धावक अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र अजय तामाङलाई सम्मान गरेको हो।

डी लिज्ट युभेन्ट्समा

इटालियन सिरी ए विजेता युभेन्ट्सले अयाक्सका डच रक्षक माट्जिस डी लिज्टलाई ७ करोड युरोमा अनुबन्धन गरेको घोषणा गरेको छ। युभेन्टसले १९ वर्षे रक्षक डि लिज्टसँग ५ वर्षको अनुबन्ध गरेको जनाएको छ।

सिन क्योकुसिनद्वारा खेलाडी सम्मान

सिन क्योकुसिन कराते संघले गुरुपूर्णिमाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ।

उच्च मनोबलमा भारत

साबिक उपविजेता न्युजिल्यान्ड र भारत इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा मंगलबार फाइनल प्रवेशका प्रतिस्पर्धा गर्दै छन्। शीर्ष टोली भारतले चौथौ स्थानमा रहेको न्युजिल्यान्डसँग खेल्दा जितको खोजीमा हुनेछ। आयोजक इङ्ल्यान्डसँग मात्र पराजित भएको भारत शीर्ष बन्दा उच्च मनोबलमा छ। भारतीय ब्याट्सम्यान पछिल्ला खेलमा निकै लयमा देखिएका छन् भने न्युजिल्यान्डले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

पेरु ४४ वर्षपछि उपाधि होडमा

साबिकको विजेता चिलिमाथि ३–० को सानदार जित निकाल्दै बुधबार पेरु ४४ वर्षपछि ब्राजिलमा जारी कोपा अमेरिकाको फाइलनमा प्रवेश गरेको छ। समूह ‘ए’ मा रहेको पेरु उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणका लागि योग्य भएको थियो। तर पनि सेमिफाइनलमा चिलीलाई हराउँदै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का ग¥यो। पेरुको जितमा एडिसन फ्लोरेस, योसिमार योतुन र पाओलो गुइएरोले एक÷एक गोल गरेका हुन्। अधिकांश समय साबिकको विजेता हावी भए पनि जित निकाल्न पेरु सफल भयो।

विजेता कमलकौशल स्टोर्सलाई स्कुटर उपहार

बिक्री–वितरण विभागका अनुसार यस ग्राहक योजनामा देशभरबाट पुराना ग्राहकहरूले आफ्नो ग्राहक अवधि नवीकरण गरेका थिए भने हजारौं नयाँ ग्राहक सहभागी भएका थिए।

बाबुुराम पाण्डे हिरो लक्की ड्र विजेता

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङको हिरोडपति नयाँ वर्ष योजना लक्की ड्रअन्तर्गत बुटबलका बाबुुराम पाण्डेले एक लाख नगद जितेका छन् ।

टेस्ट खेलाडीलाई एकदिवसीय जिम्मेवारी

१९९६ को विश्वविजेता श्रीलंकाले टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए पनि २०१७ पछि खेलिएका एकदिवसीय क्रिकेटमध्ये एक तिहाइ खेलको नतिजा गुमाएको छ।

महिन्द्राको विजेता घोषणा

अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा खुसी आउँछ बन्डलमा योजना अन्तर्गत पहिलो बम्पर विजेता घोषणा गरिएको छ। पोखराको न्युरोडका रबिनकुमार विक (कुपन नं १२२७) ले बम्पर उपहारअन्तर्गत होम अप्लायन्सेज जितेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्