९ मंसिर २०८१ आइतबार
image/svg+xml

रोल्पामा कोरोनाः १९ संक्रमित थपिँदा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७८ पुगेको छ ।

फेसबुक एकाउन्ट ह्याक गरी ठगी धन्दा

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ।

समस्यामा रोल्पाः ५८ संक्रमित थपिँदा २ को मृत्यु

नेताजीको पहलमा अक्सिजन जिल्ला आएको वा पठाइएका भ्रामक फेसबुके समाचारको प्रचारबाजी गर्ने काम निरन्तर भइरहेपनि अस्पतालमा भने अक्सिजनको चरम अभावका बारेमा खासै चासो दिइएको पाइँदैन।

रोल्पा अस्पतालमा अक्सिजन अभाव: संक्रमितलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ। ‘भर्ना भएका ८ जना निरन्तर अक्सिजनमा छन्। अरु थप संक्रमित भएमा अक्सिजन दिन सक्ने अवस्था छैन।’ उनले भने।

रोल्पामा आइसोलेशन सेन्टर स्थापना

पछिल्लो समय जिल्लामाआइसोलेशन सेन्टर नभएको भन्दै जनप्रतिनिधि र स्थानिय प्रशासनको चर्को बिरोध हुदै आएको थियो। हाल सम्म जिल्लाका सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन्। नगर प्रमुख पुर्ण केसिका अनुसार यहाँ नगर क्षेत्र भित्र बसोवास गर्नेहरुको उपचार गरिने छ।

द्वन्द्व पीडितलाई निशुल्क स्वास्थ्य बिमा

पूर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्धन्द्धको समयका पीडितहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रम अन्तर्गत लक्षित बर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्।

कोरोनाको उच्च जोखिममा रोल्पा

रोल्पा जिल्ला यतिबेला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। जबरजस्ती विद्यालयहरु खोलिएका छन् भने सामाजिक दूरी र अन्य बचाउका कुनै उपाय अपनाइएका छैनन्।

रोल्पा अस्पताल बन्द

रोल्पा अस्पताल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक डाक्टरसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो।

‘एम्बुस’ जस्ता सडक, मर्मतमा छैन चासो

यतिबेला रोल्पाका अधिकांश सडक एम्बुस जस्ता बनेका छन्। हिँउदमा समेत सहज नहुने यी सडक वर्षात्को मौसममा झनै विकराल बनेका हुन्। जिल्लाका ग्रामीण सडकसँगै मुख्य सडकसमेत अस्तव्यस्त बने पनि मर्मततर्फ सरोकारवालाको चासो पुग्न सकेको देखिँदैन। विकास भनेको सडक हो भन्ने एक मात्र मान्यता बोकेका यहाँका विभिन्न सरकारी निकाय सडकको स्तरोन्नतितर्फ भने मौन जस्तै छन्।

रोल्पामा १३ जनामा कोरोना संक्रमण

शुक्रबार रोल्पामा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा रोल्पा नगरपालिका वडा न. ४ मा एक जना र वडा न. १० मा १२ जना गरि १३ जनामा संक्रमण पुष्टी भएको हो ।

बहाना बन्यो कोरोना : सडकमा पोखरी

दाङको भालुवाङ हुँदै प्युठान, रोल्पा जोड्ने मुख्य सडक समयमा मर्मत नहुदा समस्या सुरु भएको छ । हरेक वर्ष असार लागेपछि मर्मतमा जुट्ने सडक डिभिजन कार्यालयलाई यो वर्ष कोरोना कहर बहाना भएको हो ।

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा जाच गरिएको परीक्षणमा सुनिलस्मृती ४, ७ र ८ वडामा ७ देखि ४४ वर्ष उमेरका ब्यक्तिहरुमा संक्रमण देखिएको हो ।

कोरोना कहर: अलमलमा रोल्पा

रोल्पामा तीन दिनअघि पहिलो पटक ३ जनामा कोरोना संक्रमण देखिएको छ । परीक्षण नै नभएका कारण संक्रमित भए नभएको तथ्य बाहिर नआएको हो ।

रोल्पा विस्फोट : ‘मृत्युमा बिभेद’

एकै प्रकृतीको घटनामा राज्यले बिभेद गरेको भन्दै रोल्पा बम विस्फोटका पीडित परिवारले सरकारको बिरोध गरेका छन् । गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुँदा गोठालो गएका स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाएका थिए ।

चोटमाथि चोट : सधैँ दुखिरहने रोल्पा

गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुदा स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाए । माओवादी १० वर्षे सशस्त्र द्धन्द्धताका लुकाईएको उक्त बम विस्फोटबाट ज्यान गुमाउनेका परिवारलाई राज्यले आजसम्म राहत समेत दिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्