१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चोटमाथि चोट : सधैँ दुखिरहने रोल्पा

गत महिना भएको बम बिस्फोटबाट मृत्यु भएका बालबालिका जलाउदै । बाँकेमा दुर्घटना भएको गाडि । गत बैसाख १८ गते रोल्पा त्रिबेणी गाउँपालिकामा बम बिष्फोट हुदा छोरा र छोरी गुमाएकि नमुना खत्री ।

गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुदा स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाए । माओवादी १० वर्षे सशस्त्र द्धन्द्धताका लुकाईएको उक्त बम विस्फोटबाट ज्यान गुमाउनेका परिवारलाई राज्यले आजसम्म राहत समेत दिएको छैन । त्यो समयका युद्धरत दुबै पक्ष यतिबेला राज्य सत्ताको मुलधारमा छन् तर पनि उनिहरुले न राहत पाए न त न्याय नै पाउनेछन् । युद्ध लडेकाहरुले माफि समेत नमागेको यो घटना मानबताहीन मान्न सकिन्छ ।  

सबैलाई रुवाएको दर्दनाक बम विस्फोटको घटना सेलाउन नपाउदै अलि वरको गाउँमा गत १६ गते चट्याङ पर्दा दुई महिलाको मृत्यु भयो । उक्त टोलमा यत्तिले मात्र दुख कटेन । आईतबार मध्यराति बाँकेमा भएको गाडि दुर्घटनामा त्रिबेणी गाउँपालिका ७ कै तीन जना युवा गम्भीर घाइते भए । सोहि घटनामा रोल्पाका ४ जनाले ज्यान गुमाए भने ५ जना गम्भीर घाइते छन् । रोल्पा आउने गाडी नपाए पछि सल्यान जादै गरेको गाडी चढेका उनिहरु आधि बाटो नपुग्दै दुर्घटनामा परेका हुन् ।

भारतबाट नेपाल भित्रिनेहरुलाई सीमा नाकामा केन्द्र सरकार तथा प्रदेश सरकारले ब्यवस्थीत तरिकाले जिल्ला पठाउने ब्यवस्था गरिदिएको भए यति भयानक दुर्घटनाबाट बच्न सकिने थियो । गाडि क्षमता भन्दा धेरै यात्रु चढेर घर आउदै गरेका १२ युवाले अनाहमा ज्यान गुमाएको र दर्जन बढि घाइते भएको यो घटनामा पनि राज्यले जिम्मेवारी लिएको देखिएन । आफ्ना नागरिकको सुरक्षाको जिम्मा लिएको राज्य सत्ता कोरोना नियन्त्रण र रोकथाममा लागेको भनिए पनि नेपालगञ्ज घटनाले नागरिक प्रति गैर जिम्मेवार रहेको देखाएको छ ।  

गत महिना मात्रै पुर्बि रोल्पाको सिर्पमा पनि चट्याङका कारण दुई जनाको मृत्यु भएको थियो । अन्य जिल्लामा पर्ने बिपदमा रोल्पालीहरुको क्षति हुने गरेको घटना यो नौलो भने होइन । दुई वर्ष पहिले मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पा थवाङका एकै गाउँका ७ जना मजदुरले ज्यान गुमाएका थिए । त्यसो त २०७२ को भुकम्पले रोल्पामा खासै क्षति नगरे पनि रसुवा लगायतका जिल्लामा दर्जनौ मजदुरले ज्यान गुमाएका थिए ।  

शान्ती स्थापना भएको दशक बढि समयसम्म पनि द्धन्द्धका बाछिटाले रोल्पालाई दुखाउने गर्छ भने बिपद र दुर्घटनाले पनि रोल्पालीलाई चोट दिईरहेको छ । बिगतको सशस्त्र द्धन्द्धमा ९ सय ६९ जनाले ज्यान गुमाएको रोल्पामा ३३ जना बेपत्ताको सुचिमा छन् । युद्धका त्रासमा बाचेका कतिले आत्महत्या गरे वा कति घाइते अपाङ्ग मानसिक रोगका सिकार भए भन्ने आधिकारीक तथ्याङ्क नभए पनि रोल्पालाई नजिकबाट नियाल्नेहरु द्धन्द्धले चोट दिएको बताउँछन् ।

प्रकाशित: २० जेष्ठ २०७७ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App