९ मंसिर २०८१ आइतबार
image/svg+xml

बेलाबेलामा पड्किन्छन् बम, बल्झिरहन्छ द्वन्दको घाउ

तत्कालिन माओवादीले गरेको शसस्त्र द्वन्द सकिएको करिब १५ वर्ष पुगिसक्यो तर आज पनि द्वन्दका बाछिटाहरुले निरन्तर चोट दिइरहेका छन्।

रोल्पामा चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर पुर्वी रोल्पामा बिहीबार दुई जनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–२ सिर्पका दुई पुरुषको मृत्यु भएको हो। उक्त घटनामा ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको थियो। लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काका अनुसार ठूलो अवाजमा परेको चट्याङमा परी विक भान्छा कोठा नजिकै ढलेका थिए भने पुन शौचालय जाँदै गरेका वेला चट्याङमा परेका थिए।

रोल्पा बम विस्फोट: आफैँले कमाएको पैसाले किरिया

चार अबोध बालबालिकाको भयानक मृत्युले परिवारलाई मात्र नभएर सिंगो रोल्पा नै शोकमा परेको छ । घटनापछि सरकारी तवरबाट कुनै सहयोग नभएको परिवारको गुनासो छ ।

फेरि रोयो रोल्पा

काठमाण्डौ ईट्टाभट्टामा मजदुरी गर्ने लालबहादुर खत्री १४ दिन क्वारेन्टाइन बसेर बिहिवार मात्रै घर आएका थिए। महिनौपछि घर आएका उनको छोराछोरीसंग सुकुनले रात बिताउने सपना बम बिस्फोटले एकैछिनमा सँधैका लागि चकनाचुर पारि दियोे।

रोल्पा फर्किएका बाल मजदुर भन्छन्ः ‘फेरि ईट्टाभट्टा जान नपरोस्’

रोल्पा नगरपालिका ९ होमाका १५ वर्षिय मानदेब बुढा दुई वर्ष अगाडीबाट काठमाण्डौको ईट्टाभट्टा जान थालेका हुन्। उमेर सानै भएपपनि उनले त्यहाँ ईट्टा बनाउने काम गर्थे। दिनमा एक हजार देखि पन्ध्र सय सम्म ईट्टा बनाउने उनले मासिक दश पन्ध्र हजारसम्म कमाउने गरेका थिए।

कोरोना कहर : रोल्पा सिमेन्टले दियो ३ हजार ५ सय मास्क

रोल्पा सिमेन्ट प्रालिले जिल्ला प्रशासन कार्यालय रोल्पालाई ३ हजार ५ सय थान मास्क दिएको छ । आईतबार रोल्पा सिमेन्टका प्रशासन प्रमुख टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई मास्क हस्तान्तरण गरेका हुन । कोरोना नियन्त्रण र रोकथामका लागि प्रयोग गर्न सहज हुने भन्दै मास्क उपलब्ध गराइएको हो ।

कोरोना कहर : यस्तो छ रोल्पाको अवस्था

जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार रोल्पामा ११ हजार २ सय ४८ जनालाई चेकजाँच गरिएको छ। जिल्ला भरमा आइसोलेसनका लागि बेड संख्या २३ छ। क्वारेन्टाइन बेड संख्या ५ सय ९४ रहेको छ भने २ सय १८ पुरुष र ३२ महिला गरि २ सय ५० जना क्वारेन्टाइनमा छन्।

रोल्पा नगरपालिकामा राहत वितरण सुरु

कोरोना भाइरस संक्रमणलाई रोक्न राज्यले गरेको लकडाउनको समयमा सकसमा परेका अति बिपन्न र मजदुरी गरेर जीवन चलाउनेहरुलाई रोल्पा नगरपालिकाले राहत वितरण सुरु गरेको छ। नगर प्रमुख पुर्ण केसिका अनुसार नगरपालिकाका १० वटै वडाबाट राहत वितरण सुरु गरिएको हो। मंगलबार सदरमुकाम लिवाङमा प्रदेससभाका सदस्य दिपेन्द्रकुमार पुनले राहत वितरणको औपचारीक सुरुवात गरे।

ईट्टाभट्टाबाट फर्केका एक जनालाई आईसोलेसनमा राखियो

रोल्पा अस्पतालमा एक ब्यक्तिलाई आईसोलेसनमा राखिएको छ। रोल्पा नगरपालिकाका ५८ वर्षिय एक व्यक्ति ३ दिन अगाडि काठमाण्डौस्थित एक ईट्टाभट्टाबाट मजदुरी गरेर फर्केका थिए।

रोल्पा रोएका रातहरू

स्थानीय तहहरू विकास भनेको सडक हो भन्ने मान्यतासाथ अगाडि बढिरहेकाले सशस्त्र द्वन्द्वका बेला सबैभन्दा बढी प्रभावित भएका रोल्पाली जनताका अपेक्षा र समस्याहरू ओझेलमा परेका छन्।

रोल्पा लगानी सम्मेलन सम्पन्न

‘समृद्ध रोल्पाका लागि दीगो आम्दानी ः बिद्युत, कृर्षी पर्यटन र खानीमा लगानी’ भन्ने नाराका साथ १० बुँदे घोषणा पत्र जारी गर्दै ‘रोल्पा लगानी सम्मेलन २०७६’ सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म चलेको थियो।

रोल्पामा कृषि क्याम्पस

रोल्पाको माडिचौरमा कृषि क्याम्पस स्थापना गरिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायतर्फको प्राकृतीक श्रोत ब्यबस्थापन कलेजको सोमवार उर्जा मन्त्री बर्षमान पुनले उद्घाटन गरेका हुन।

लिवाङमा करोडौ लगानीमा आधुनिक कारागार बन्ने

रोल्पामा ४२ करोड बढीको लगानीमा आधुनिक कारागार बन्ने भएको छ। १.४ हेक्टर क्षेत्रफलमा बन्ने उक्त कारागार सदरमुकाम लिवाङ बजारभन्दा ५ किलोमिटर टाढा रेउघामा बनाइने भएको हो।

रोल्पामा दौतरी शिक्षा कार्यक्रम सुरु

जेष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने उद्देश्यले सुरु गरिएको दौतरी शिक्षा कार्यक्रम रोल्पामा पनि सुरु हुने भएको छ।

भ्रमण वर्षले छोएन रोल्पालाई

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष-२०२० सुरु हुँदै छ। तर रोल्पामा भने भ्रमण वर्षको कुनै चहलपहल छैन। उसो त रोल्पामा पर्यटकीय सम्भावना बोकेका ठाउँ नभएका पनि होइनन्। देशभरका एक सय गन्तव्यमा रोल्पाको जलजला पनि एक गन्तव्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्