coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पर्यटकको रोजाइमा रुप्से झरना

साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो।

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको गुईठेभीरमा अवरुद्ध भएको सडक ६ दिनपछि सञ्चालनमा आएको छ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो।

बेनी–जोमसोम सडकको रुप्सेमा बेलिब्रिज, भाेलीदेखि पूर्णरुपमा सञ्चालन हुने

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक १६ घण्टापछि सञ्चालनमा

बेनी–जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो।

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।

बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।

शुक्रबारदेखि बेनी-जोमसोम सडक दैनिक छ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।

बेनी–जोमसोम सडक सास्ती र जोखिम

पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ।

बेनी–जोमसोम सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ। मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्