९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालको प्रस्ताव: चुनावसम्मै गठबन्धन

वाम लोकतान्त्रिक समीकरणमा सामेल दलहरूको वर्गाधार र वर्गचरित्र फरकफरक भए पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेको नेपालले उल्लेख गरेका छन्।

नेकपा एसविरुद्धको मुद्दा लम्बियो

सर्वोच्च अदालतले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सदस्यविरुद्ध परेको रिट निवेदनसम्बन्धी मिसिल झिकाउन आदेश गरेसँगै मन्त्रिपरिषद् विस्तारमा अन्योल हुने देखिएको छ।

ओलीलाई नेपालले भने: पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु

एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरेका छन्।

असली कम्युनिष्ट पार्टी हामी हौँ: माधव नेपाल

'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'

सरकारले ओली सरकारको पालामा भएको भ्रष्टाचारको छानविन गरोस्: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई अघिल्लो सरकारले गरेका भ्रष्टाचारहरुको छानविन गर्न आग्रह गरेका छन्।

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

‘एमसिसीका नाममा अनेक दाउपेच’

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्। सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन् । विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु।’

अल्मल्लिएर एमालेमा बसेकाहरू ढिलो चाडो एकीकृत समाजवादीमा आउँछन्: माधव नेपाल

शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन्।

सातै सरकारमा हाम्रो सहभागीता रहनेछ: माधव नेपाल

उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।

नेकपा (एस) मा युवा, सामाजिक संस्था र अन्य दलको आकर्षण बढ्दै छः नेता नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन्।

कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित रहुन्जेल संसद् अवरोध जारी रहने बताएका हुन्।

माधव नेपालले वडा सदस्य पनि जित्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने दाबी गरेका छन्।

‘एमसिसीलाई राजनीतीकरण गरियो’

‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसको राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’

माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले जानकारी दिए ।

उपाध्यक्ष फतिमा र अध्यक्ष नेपालबीच भेटवार्ता, एमसिसीबारे साझा दृष्टिकोण बनाएर अघि बढ्ने

भेटवार्तामा फतिमाले एमसिसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन्। त्यसको जवाफमा अध्यक्ष नेपालले एमसिसीबारे सत्ता गठबन्धनमा छलफल भैरहेकोले सोबारे आफूले मात्र नभई गठबन्धनले साझा दृष्टिकोण बनाएर अघि बढ्ने जवाफ दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्