१५ वैशाख २०८१ शनिबार
image/svg+xml

तराईका जिल्लाहरूमा आज होली मनाइँदै

तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदैछ। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ।

ठमेलमा विदेशी पर्यटकले मनाए होली

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन्।

होलीमा रङ्गिएको काठमाडौँ (तस्बिरसहित)

रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।

उपत्यकामा ट्राफिक चेकिङमा कडाइ,२४१ सवारीसाधन 'होल्ड'

काठमाडौं उपत्यकामा होलीको रौनक सुरू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाभरि ट्राफिक चेकजाँचमा कडाइ गरेको छ।

होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

होली पर्वलाई ध्यानमा राखी काठमाडौँमा ३ हजार सुरक्षाकर्मी खटाइयो

होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो।

होलीका दिन काठमाडौंमा ३ हजार सुरक्षाकर्मी खटिने

जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व ९होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ ।

सुदूरपश्चिममा बसाइँसँगै सर्‍यो होली

असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ।

मिथिलाञ्चलमा विधिवत् रुपले सुरु भयो होली

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको हो।

सभापति देउवाद्वारा होली पर्वको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

दुर्घटनारहित होली पर्वका लागि काठमाडौं ट्राफिकको कडाइ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

रंगहरुको पर्व होली मनाइँदै (फोटो फिचर)

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्। फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्।

कोरोनाको त्रासबीच होलीको तयारी गर्दै सर्वसाधारण

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनिटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सकर्तकता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाएसँगै होलीको तयारी सर्वसाधारण गर्न थालेका छन्।

वसन्तपुरमा चीर ठड्याएर सुरु भयो होली पर्व (फोटोफिचर)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्