१० मंसिर २०८१ सोमबार
image/svg+xml

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्लास्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनकाअनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।

आजबाट एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइँदै

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ।

महानगरका ३२ वटै वडामा भेरोसेलकाे दोस्रो मात्रा लगाउन खोप केन्द्र

महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ।

पहिलो मात्रा लगाईसकेका अर्घाखाँचीका २० हजार नागरिक दास्रो खोपको पर्खाइमा

पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्।

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि लगाईने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो।

साउन १५ गतेभित्र ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो।

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ। गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो।

ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ।

भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा

भक्तपुर नगरपालिकाले कोभिड-१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।

'भेरोसेल' को दोस्रो मात्रा जेठ २ गतेदेखि लगाउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ।

खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्