१ मंसिर २०८१ शनिबार
image/svg+xml

देशमा शान्तिको लागि मोर्चा पनि सरकारमा जानु पर्छः प्रभु साह

रौतहट– व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं पूर्वमन्त्री प्रभु साहले देशको समस्या समाधान गर्न मधेशी मोर्चा पनि सरकारमा जानु पर्ने बताएका छन्। रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले मधेशविरोधी छवि बनाएको सरकार ढल्ने निश्चित भएपछि देशको मधेशी, आदिवासी, जनजाति सबैको समस्या समाधान गर्न र देशलाई विकासको बाटोमा अगाडि बढाउन मधेशवादी दल पनि सरकारमा जानु उचित हुने बताएका छन्।

सरकारमा जानुको कुनै औचित्य छैनः मोर्चाका नेताहरू

रौतहट– यथास्थितिमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारमा जानुको कुनै औचित्य नभएको मधेसवादी नेताहरुले बताएका छन्। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी मोर्चा सरकारमा नजाने बताएका हुन्। माओवादीको नेतृत्वमा सरकार बने पनि मधेशको माग सम्बोधन हुने वा नहुने कुनै आधार नदेखिएकोले मोर्चा सरकारमा जाने प्रश्न नै नरहेको ठाकुरको भनाइ छ।

सरकारी निकाय नै ठेकेदारका पक्षमा

काठमाडौं– आपसी स्वार्थका कारण विकास आयोजना लामो समयसम्म कसरी प्रभावित हुन्छन् भन्ने उदाहरण सोलु करिडोर १३२ केभी प्रसारण लाइनमा दुई सरकारी निकायले दिएको सुझावले पुष्टि गरेको छ। आयोजना विकासमा सरकारी निकायको धारणा तथा सुझाव एउटै हुनुपर्नेमा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयको फरक–फरक छ।

सरकार ढल्ने खबरसँगै ९ अंकले घट्यो शेयर बजार

काठमाडौं– माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले मंगलबार नेपालको पूँजी बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ९.२० अंकले घटेको छ। बजार खुलेदेखि करिब ७ अंकले शेयर सूचक उक्लिसकेकाे थियाे। तर, केन्द्रको निर्णय बजारले थाहा पाउनासाथ एकाएक ४८ अंकसम्मले ओरालो लागेको शेयर बजार पौने २ बजेदेखि भने पुनः उकालो लागेर बजार बन्द हुँदासम्म ९.२० अंकले घटेको हो।

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ।

राष्ट्रिय सहमतिको सरकार

नेपालका राजनीतिक अगुवाहरूले आफ्नो मनको सत्ता लोलुपता, ईर्ष्या, डाह र व्यक्ति स्वार्थजस्ता खास कुरा लुकाएर आज पनि नेपाली जनतालाई भ्रममा राख्ने प्रयत्न गरिरहेका छन्। अहिले त्यो काम राष्ट्रिय सहमतिको सरकार निर्माणको नाममा भइरहेको छ।

माअाेवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे, अाेली सरकार धरापमा

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको नेताको हैसियतमा सरकारलाई दिएको सथर्मन फिर्ता लिएको माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए।

सरकार परिवर्तनबारे माओवादीमा दुई धार, दाहाल द्विविधामा

वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रमा सरकारलाई दिएको सथमर्न फिर्ता लिने-नलिने विषयमा अन्योल बढेको छ।

नयाँ सरकारलाई माओवादी सक्रिय

केही दिनदेखि केपी शर्मा ओली सरकारको विकल्प खोजिरहेको नेकपा माओवादी केन्द्रले नयाँ सरकारबारे सहमति जुटाउन भेटघाट तीव्र बनाएको छ। राष्ट्रिय सहमतिको सरकार गठन नभई संविधान कार्यान्वयनमा समस्या आउने तथा विद्यमान समस्या समाधान नहुने अडान राख्दै आएको माओवादीले सोमबार केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक सकिएलगत्तै सक्रियता बढाएको हो।

सरकार परिवर्तनबारे ओलीसँग निर्णायक वार्ता गर्न दाहाल बालुवाटारमा

काठमाडौं—सत्ता परिवर्तनको चर्चा चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन्।

सरकारको भविष्य दाहालमा निर्भर !

वर्तमान सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अडानमा रहेको माओवादी केन्द्रले राष्ट्रिय सहमति गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

स्थानीय सरकारमा कार्यसंस्कृति

कानुन प्रदत्त अधिकारको अभ्यास गरी नागरिकको हितका लागि क्रियाशील हुने जिम्मेवारी जुन स्थानका नागरिकले सुम्पेे तिनै नागरिकप्रतिको वफादारिता नै स्थानीय जवाफदेहिता हो।

चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय

सरकारले छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले चीनलाई दुईवटा भाले र दुईवटा पोथी गैंडा उपहार दिने निर्णय गरेको हो। विश्वमै दुर्लभ मानिने एकसिंगे गैडा उपहार स्वरुप चीनलाई दिने निर्णय भएको विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले जानकारी दिए।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो।

सरकारबारे निर्णय भएको छैन : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादीसँग मिलेर सरकार बनाउनेबारे पार्टीमा कुनै निर्णय नभएको बताएका छन्। 'सत्तारुढ दल र प्रतिपक्ष एकै ठाउँ बसेर राष्ट्रिय सहमति हुनुपर्छ, निर्वाचनका कानुन बनाउनुपर्छ अनि मात्र सरकार गठनको कुरा सोच्ने विषय हो,' नेपाल प्रेस युनियन काभ्रेले शनिबार गरेको पत्रकार भेटघाटमा सिटौलाले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्