मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह
राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्।
राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्।
नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं साधारण सभाले ताप्लेजुङ जिल्लाको बृहत्तर विकासका लागि गर्नुपर्ने कामको प्राथमिकीकरण र सवाल समाधानको मार्ग पहिचान गर्न सार्वजनिक बहस सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल पत्रकार महासंघ कास्कीले पाँचजना विद्यार्थीलाई पत्रकारिता अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ। यसै आर्थिक वर्षपछि महासंघले छात्रवृत्ति प्रदान गरेको हो।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहेर राज्यलाई बाटो देखाउने काम गर्नुपर्ने बताएका छन्।
असोज ११ देखि १३ गतेसम्म ताप्लेजुङको फुङलिङमा हुने ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर तीन महिने सुदृढीकरण अभियान अन्र्तगत प्रादेशिक भेला सुरु भएको हो। भेलाको उद्घाटन १ नं प्रदेशका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका छन्।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना र व्यवस्थापन गरेको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ कुमार विवेकानन्द मिश्रलाई प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका केही बुँदामा विमति जनाएको छ। ‘मिडिया काउन्सिल विधेयक’ गत शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको थियो।
१३ थान आफूले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिए।
नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारे।
पहिलो चरणमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारको, दोश्रो चरणमा ठूला मिडिया हाउसमा कार्यरत पत्रकार र तेश्रो तथा अन्तिम चरणमा साना मिडिया हाउमा कार्यरत पत्रकारहरुले कमसेकम पनि न्युनतम र नियमित तलव पाउने वातावरण बनाउने बताइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झालाई पितृशोक परेको छ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ पाँचथर शाखाले झालाई उक्त सम्मान प्रदान गरेको हो।
विद्युत आपूर्तीमा पटक पटक अनियमित हुन थालेपछि चरिकोट बजारका स्थानीयले विद्युत प्राधिकरण दोलखा शाखा अगाडि राँको र टुकी बालेर प्रदर्शन गरेका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।