नयाँ गठबन्धनपछिको पहिलो संसद् बैठक: सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच
नयाँ गठबन्धन बनेपछि बसेको पहिलो प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ।
नयाँ गठबन्धन बनेपछि बसेको पहिलो प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ।
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। मंगलबार बसेको बैठक शोक प्रस्ताव र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरेर सकिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपछाडि अन्तर्राष्ट्रिय अभ्यासलाई जोड्दै आएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा विघटनका पक्षधर वकिलहरूले संविधानको व्यवस्थामा नटेकीकनै संसद् विघटन भएको एउटा पनि गतिलो अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्न सकेका छैनन्।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ। कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिधिसभा विघटनविरूद्धको देशव्यापी प्रदर्शनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्। आज एक विज्ञप्तिमार्फत सभापति देउवाले पुस १३ गतेका लागि तय गरिएको कांग्रेसको देशव्यापी प्रदर्शनलाई साथ दिन आग्रह गरेका हुन्।