१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग कमाल थापाकाे माग

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका छन्।

निर्वाचन घोषणा नगर्नुको कारण माग

सर्वोच्च अदालतले केन्द्र, प्रान्त र संघीय तहको निर्वाचन घोषणा नगर्नुको कारण माग गरेको छ । संविधानले तोकेकै समयमा निर्वाचन हुनुपर्ने माग गर्दै दर्ता भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले बिहीबार अग्राधिकारसहित सरकारले गरिरहेको तयारीबारे जानकारी गराउन आदेश दिएको हो ।

यातनासम्बन्धी सजाय बढाउन माग

व्यवस्थापिका-संसद्मा दर्ता भएको यातनासम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सांसदले सजाय बढाउन माग गरेका छन्। यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण विधेयकमा संशोधनसमेत दर्ता गराएका उनीहरूले अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भएका कतिपय व्यवस्था थप गर्न माग गरेका हुन्।

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

'क्लिन फिड' लागू गर्न माग

अघिल्लो मन्त्रिपरिषदले पारित गरिसकेको क्लिन फिड नीति छिटो लागू गर्न सरोकारवालाले माग गरेका छन्। क्लिन फिड नीति लागू भए नेपालको विज्ञापन बजार झन्डै दोब्बर हुने भन्दै नेपाल विज्ञापन संघ (आन) ले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीले यो नीति छिटो लागू गर्न आग्रह गरेका हुन्।

कुटनैतिक पहलबाट अदुवाको समस्या हल गर्न माग

चाइनिज अदुवा रोक्ने नाममा भारतले नेपाली अदुवा निकासी गर्न नदिदा कृषकहरु ठूलो मारमा परेको भन्दै पूर्वका किसान तथा व्यापारीहरुले कुटनैतिक पहल गरेर समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

डा. केसीले भने– 'माग पूरा नभए फेरि सत्याग्रह गर्छु'

त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहाेर्याएका छन्।

'मोदीलाई पठाएको पत्रमा माफी माग्ने ब्यहोरा छैन'

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको संविधान, संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी भारत र चीनलगायतका मुलुकसँगको कूटनीतिक सम्बन्ध थप सुमधुर र सुदृढ तुल्याउन सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्रीसमक्ष थारु मुक्ति मोर्चाको ८ बुँदे मागपत्र

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए।

सुविधा बढाउन पूर्वसांसदको माग

पूर्वसांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सेवा, सुविधा र मर्यादा दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। सबै राजनीतिक दलका पूर्वसांसदको संस्था 'पूर्वसांसद मञ्च' ले बुधबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै पेन्सन, उपचार खर्च तथा यातायातमा सुविधा दिन माग गरेको हो।

नेपालीको भावनामाथि ठोस पुगेको भन्दै फ्लिपकार्डले माफी माग्यो

गोरखा समाजले भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध दर्ता गरेको मद्दा फिर्ता लिने भएको छ । फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।

संविधान संसोधनबाटै असन्तुष्टपक्षका माग सम्बोधन हुन्छः नेम्वाङ

पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नयाँ संविधान जारी भएपछि केही राजनैतिक दलहरुले देखाएको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने विचार ब्यक्त गरेका छन्।

संविधान संशोधन माग मधेसी नेताको मात्रै: सचिव ज्ञवाली

भक्तपुर-नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको नभएको बताएका छन्। उनले उक्त माग मधेसी नेताहरुको मात्रै रहेको बताए।

एसिड आक्रमणलाई जघन्य अपराध बनाउन माग

काठमाडौ-एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधका रुपमा स्वीकार गरि कारवाही हुने कानुनी व्यवस्था निर्माणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

दाहालले माेदीलाई लेखेकाे पत्र सार्वजनिक गर्न माग

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाएको विषयलाई लिएर प्रश्न खडा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्