६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

पिकनिक खान आएका दुई जनाको डुबेर मृत्यु

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनास्थलमा पिकनिक खान आएका दुई जना युवाको बबई नदीमा डुबेर मृत्यु भएको छ।

ताप्लेजुङमा २ दिनमा २ जनाको लडेर ज्यान गयो

दुई दिनको अवधिमा ताप्लेजुङमा दुई जना महिलाको लडेर ज्यान गएको छ। यहाँको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङ्पाङको मिचिरिङमा एक र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा १ गरी २ जना महिलाको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।

माछा पोखरीमा डुबेर बालकको मृत्यु

भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ। सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्वयम्भुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं महानगरपालिका १५ ठूलोभर्याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ठूलोभर्याङको मुख्य सडकमा ना७ख १३८१ नंको ट्रकले बा४५प २७७४ नंको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका ८ का २० वर्षीय सुमन मग्रातीको मृत्यु भएको हो।

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

अत्याधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ। देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो।

वैदेशिक रोजगारीका क्रममा मृत्यु

वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो।

जातीय समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु

पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताए।

सुत्केरी हुन नसक्दा मृत्यु

त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडाकी २२ वर्षीया रुपकुमारी बोहराको सुत्केरी हुन नसकेर मृत्यु भएको छ।

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी उदयपुरकी एक बृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका चुहाडेदेखि गाइघाटतर्फ आउँदै गरेको स ५ प ३६३७ नं. को मोटरसाईकलले ठक्कर दिँदा सोही वडाकी ७० वर्षीया मनमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ।

तुरतुरे ताल फुट्याे

जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ।

गोली लागेर एकको मृत्यु

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

रक्सी भनेर तेल खाँदा ओखलढुंगामा एकको मृत्यु

ओखलढुंगामा आफ्नै उद्योगको मछिनोको तेल खाँदा एक पुरुषको ज्यान गएको छ। मोलुङ गाउँपालिका–७ पात्लेका करिब ३९ वर्षिय मकर तामाङ्गको मृत्यु भएको हो। रक्सी भनेर झुक्किएर मछिनोको तेल खादा तामाङ्गको ज्यान गएको वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्