१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गिरिलाई श्रद्धाञ्जली दिन ओली पुगे आर्यघाटमा

एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ।

मदन भण्डारीको जन्मजयन्ती: साताव्यापी कार्यक्रम सुरु

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम सुरु गरेको छ।

एमालेले सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गर्‍यो: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमाररी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छिन्।

ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन: महत

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्।

ओलीप्रति थापाको टिप्पणीः 'जसको मुखमा अङगार छ, उसले ओकल्ने कालै हो'

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताएका छन्।

पूर्वराजदूत लक्की शेर्पासहित अन्य नेता एमाले प्रवेश

नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

१४ सांसदविरुद्ध ओलीले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ हुँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ।

एमसिसी अनुमोदनमा एमालेको समर्थन

‘संसद्बाट अनुमोदन भइसकेको एमसिसी राष्ट्रहित अनुकूल हुनेगरी कार्यान्वयन हुनुपर्दछ। पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’, एमालेले भनेको छ।

सत्ता गठबन्धन नै एमसीसीको विरुद्धमाः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु सरकारमा बसेर आफै सडकमा उत्रेको भन्दै आलोचना गरेका छन्। अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरुद्धमा सत्ता गठबन्धन दलका कार्यकर्ता नै सडकमा उत्रिएको भन्दै ओलीले आलोचना गरे।

देउवाको आग्रह ओलीद्वारा अस्वीकार

भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ।

एमसिसी विवादले सत्ता गठबन्धन धरापमाः देउवा पुगे ओली निवास

सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट घटकका नेताहरू एमसिसी संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्।

शेखरले बढाए सक्रियता

संसद्बाट एमसिसी अनुमोदन गर्ने विषयले राष्ट्रिय राजनीति विभाजित र प्रभावित भएको बताउँदै कांग्रेस नेता शेखर कोइरालाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

ओलीको रिट ‘हेर्न नभ्याइने’ मा

गोला प्रक्रियाबाट न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो। सो रिटमा गत भदौ २२ गते लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाइएको थियो।

‘दाहाल अस्थिरताका नायक’

एमाले दोस्रो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन भएका ४४ जनालाई बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शपथ गराउने क्रममा ओलीले दाहालले क्रान्तिकारी भएर सेयर बजारबारे हचुवा टिप्पणी गरेको आरोप लगाएका हुन्।

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्