२४ वैशाख २०८१ सोमबार
image/svg+xml

जसपा-जनमत मुठभेड उन्नमुख

यतिबेला मन्त्री यादवले सिके राउतलाई सचेत गराउँदै दिएको प्रतिक्रिया विवादित बनेको छ। उनले भनेकि छिन्,‘फट्टा भाँजेर डराउने प्रयास गर्नेले लट्ठी भाँज्न पोख्तको ताकतलाई नजर अन्दाज नगरोस्। यो रौतहटको गौर मधेस विद्रोहको किल्ला हो उनले भनेकि छिन्,‘यहाँको राइसमिल गौर नरसंहारको साक्षी छ।’ मन्त्री यादवले भनिन्,‘तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत हुन्छ।’

मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा राउत

घटनापछि जनमत पार्टीका अध्यक्ष सिके राउतले शान्तिपूर्ण धर्नामा बसेका कार्यकर्तामाथि प्रहरीले रबरको मात्र नभई गोली नै प्रहार गरेको प्रतिक्रिया दिएका छन्। प्रहरीको गोली लागि आफ्ना पाँचजना कार्यकर्ता घाइते भई प्रादेशिक अस्पताल जनमपुरमा उपचाररत रहेको उनले बताएका छन्। उनले भने, ‘नश्लीय प्रहरीले दमन बन्द नगरे आन्दोलन अझ सशक्तरूपमा अघि बढ्छ।’ उनले अब आन्दोलनको स्वरूप फेर्न बाध्य हुने चेतावनीसमेत दिए।

एमालेमा मुठभेडको अवस्थाः नेपाल समूह जिम्मेवारीविहीन

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटी बैठक राखेका छन् । बैठकले नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेको छ ।

संवैधानिक संकट : दुईतिहाइको मुठभेड

संविधानसभा स्रोतबाट रचित संविधानको मातहतमा सम्पन्न पहिलो आमनिर्वाचनपछि नै संवैधानिक संकट उत्पन्न हुनुलाई कुनै अर्थमा पनि यसका स्रष्टाहरूको नैतिक विजय मान्न सकिन्न ।

‘केका निम्ति मर्ने, मार्ने’

लामो खडेरीपछि पानी परेको मौका पारेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा मैतुुङका शेरबहादुर राई बुधबार बिहान धानको बीउ राख्न खेतमा पुगेका थिए। पत्नी श्यामकुमारी घरधन्दामा थिइन्। सधैझैं घरभित्रबाहिरको नियमित काममा व्यस्त रहेको अवस्थामा आएको दुःखद खबरबाट अहिले राई दम्पती मर्माहत छन्। नेपाल प्रहरीमा कार्यरत जेठो छोरो सञ्जीव राई भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासँगको मुठभेडमा मारिएको खबरले राई दम्पतीलाई मर्माहत बनाएको हो। घटना बुधबार बिहान भोजपुरमा भएको थियो।

मुठभेडतर्फ मुलुक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

संसद बैठक बस्दै, अप्रिय घटना हुन नदिन बढाइयो मर्यादापालकको संख्या

संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्न लागेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको माहोल बनिरहेको अवस्थामा प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तीब्र तयारी गरेको छ ।

भूमिगत सशस्त्र समूहका प्रमुख थिए दीपेन्द्र : प्रहरी

सप्तरीको रुपनीमा बुधबार मुठभेडमा मारिएको भनिएका ३५ वर्षीय दीपेन्द्र चौधरी भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूहका प्रमुख रहेको प्रहरीले बताएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार चौधरीले नै ‘सिजन’ उपनाम राखेर संगठनमार्फत विभिन्न आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका थिए।

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

जबरजस्ती चुनाव गरे मुठभेड

राष्ट्रिय जनता पार्टीका नेताले जबर्जस्ती चुनाव गराउन खोजे मुठभेड हुने चेतावनी दिएका छन्। शुक्रबार राजविराजमा आयोजित विरोध सभामा नेताहरुले माग सम्बोधन नभए असार १४ मा कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिए।

प्रहरी मुठभेडमा एक आतंककारीको मृत्यु

भारतको लखनउमा आतंककारी र प्रहरीबीच भिडन्त हुदाँ एक आतंककारीको मृत्यु भएको छ। मृतकको नाम भने खुलाइएको छैन। प्रहरीले मृतकलाई जीवित् रुपमा पक्रन सफल नहुने स्थिती भएपछि उनलाई इन्काउटर गरिएको बताएको छ।

मुठभेडको संकेत

पुष्पकमल दाहाल नेतृत्व सरकारले संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक अघि संशोधनविरोधी नौ दल बढाइए प्रतिवाद गर्ने तयारीमा छन्। सरकारले विधेयक अघि बढाए 'मुठभेडमा जाने' उनीहरुको चेतावनी छ।

चुनावमा गए मुठभेड : मोर्चा

मधेसी मोर्चाका नेताले संसद्मा दर्ता संविधान संशोधन विधेयक स्थगन गरी सरकारले स्थानीय निकायको चुनाव गर्न खोजे 'मुठभेड निम्तिने' चेतावनी दिएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बुधबार भएको अनौपचारिक छलफलमा नेताहरूले यथास्थितिमा चुनाव गर्न खोजे हुन नदिने सहमति पनि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्