जन्मकैद सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ
ज्यान मुद्दाका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ढुंगेललाई पाटन क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ गरेका ढुंगेललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले नागरिकन्युजलाई बतायो। 'अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो', प्रहरी स्रोतले भन्यो, 'अदालतमा बुझाउनुभन्दा अगाडि नै छुटाउ माओवादीको दवाब छ।'