७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अवैध लागुऔषधसहित दुई पक्राउ

काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । 
प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४९७० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये अन्सारीलाई नागढुङ्गाबाट र लामालाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ । ‘उनीहरुबाट ५०÷५० एम्पुल डाइजेपाम, फेनार्गन र नुर्फिन बरामद गरिएको छ,’ प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले भने ।  
 

प्रकाशित: २ कार्तिक २०७४ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App