डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)
सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।
सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।
पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको सवारी दर्ता र नवीकरण शाखाबाट १९ र ड्यामसाइटस्थित कार्यालयको लाइसेन्स शाखाबाट १० जनालाई पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ।
साउदी अरबका ११ राजकुमारलाई रियादबाट पक्राउ गरिएको छ। रियादमा रहेको शाही महलबाट साउदीका अधिकारीले ११ राजकुमारलाई शनिबार हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
एक व्यक्तिको मृत्यु भएको १५ महिनापछि घटना ‘रहस्यमय’ देखिएको भन्दै नुवाकोट प्रहरीले ५ जनालाई पक्राउ गरी कारवाहीका लागि अनुसन्धान शुरु गरेको छ। पक्राउ परेकाविरुद्ध प्रहरीले शुक्रबार नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यानविरुद्ध मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरेको हो।
भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट विहीबार पक्राउ गरेको हो।
म्युजिक भिडियोमार्फत अश्लीलता फैलाएको भन्दै इजिप्टमा एक गायिकालाई प्रहरीले पक्राउ गरेको छ। विवादित म्युजिक भिडियोबाट दुर्व्यहारका लागि उक्साएको’ आरोपमा लैला एमर नामकी पप गायिकालाई इजिप्टका अधिकारीले गिरफ्तार गरेका हुन्।
काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो ।
हालै सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा उम्मेदवार बनेका एक युवक रौतहटमा चरेससहित पक्राउ परेका छन्। रौतहट क्षेत्र नम्बर ४ का लागि वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीबाट प्रतिनिधि सभाको उम्मदेवार रहेका गरुडा नगरपालिका ५ लक्ष्मीपुरका शिवशंकर पाण्डे प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ परेका हुन्।
र्वसाधारणहरुलाई विभिन्न प्रलोभन दिएर सामाजिक संजालको माध्यमबाट ठगी गर्ने तीन जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। बारा प्रहरीले नियन्त्रणमा लिएका तीनै जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।सार्वजनिक गरिएका मध्ये दुई जना नेपाली र एक जना भारतीय रहेको पत्रकार सम्मेलनमा बताइएको छ।
चन्द्रागिरी नगरपालिका २, नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ।
कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फाराम किर्ते भएको अनुसन्धानमा पूर्वडिआइजी तथा ललितपुर १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवाल औपचारिक रूपमा जोडिएका छन् । सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।
उदयपुर प्रहरीले लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ। गाईघाट–लाहान सडक खण्डमा चल्ने सवारी साधनमा नियमित चेकजाँच गर्ने क्रममा आईतबार राती सय थान भन्दा बढी बिभिन्न खाले लागू औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दक्षिण अफ्रिकामा रोजगार दिलाईदिन्छु भन्दै मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ ।