१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आरुघाटमा लागु औषध न्युनिकरण सम्बन्धी जनचेतना मुलक तालिम सम्पन्न

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ।

चुमनुब्री र आरुघाटमा राष्ट्रिय परिचय बनाउने टोली खटिए

जिल्ला प्रशासन कार्यालय गोरखाले १० दिनकालागि टोली पठाएको हो। ‘दुर्गम ठाउँ भएको र जाडो बढ्दै जाँदा हिमपात हुने भएकाले अहिले चुमनुब्रीमा अहिले नै पठाइएको हो’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने।

असल छिमेकी नेपालले पहिरो पीडितलाई राहात बाँड्यो

पूर्ण क्षति भएको तीन परिवार र उच्च जोखिममा रहेका ३७ परिवारलाई राहत सामाग्री वितरण गरिएको असल छिमेकी नेपालका अनुगमन, मूल्यांकन विभाग प्रमुख दिनेश केसीले बताए। पूर्ण क्षति भएका ३ परिवारलाई प्रतिपरिवार दश हजार नौसय पच्चीस रुपैयाँका दरले खाद्य र गैरखाद्य, भाँडा, लत्ता कपडा वितरण गरेको केसीले बताए।

१० वर्षमा बन्यो उत्तरी गोरखा जोड्ने सोती खोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका जाने सोती खोलाको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको छ। २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाखमा निर्माण भएको हो। ‘ढिलै भए पनि पुल बनेको छ, गाडी गुड्न सुरु गरिसक्यो,’ ठेक्का लगाउने ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख राजेश यादवले भने, ‘अब जनतालाई केही सहज हुनेछ।’

जर्सीगाई र दुहुनो भैंसी पाल्न आरुघाट गाउँपालिकाको अनुदान

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई पशुपालनमा अनुदान बितरण गरेको छ ।

१६० विद्यार्थी अट्ने हिमाली छात्रावास

१६ कोठे छात्रावास भवनको शनिबार आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री र सम्भव नेपाल स्विजरल्यान्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रूपमा उद्घाटन गरेका छन्।साँघुरो गरी बस्दै आएका विद्यार्थी छात्रावास भवन नयाँ बनेसँगै खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्