२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तिनाउमा डुबेर अर्घाखाँचीका युवाको मृत्यु

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ। सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर सन्धिखर्क नगरपालिका–१, पटुवाथुम अर्धाखाँचीका सुशील श्रेष्ठको मृत्यु भएको हो।

अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी

एउटा मात्र प्रतिनिधि सभा रहेको अर्घाखाँचीमा वाम गठवन्धनका उम्मेदवार टोपबहादुर रायमाझीले विजयी हासिल गरेका छन्। माओवादी केन्द्रका प्रभावशाली नेता रायमाझीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी बने।

अर्घाखाँचीको मधुरा नन्दराम मावि मतदानस्थलको 'ख' केन्द्रमा पुन मतदान हुने

सन्धिखर्क नगरपालिका वडा नं. ५ मा रहेको मथुरा नन्दराम मावि मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा सोमबार एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।  गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिए।

अर्घाखाँचीको धातिवाङमा मोटर पुग्यो, रिवन काटेर उद्घाट

जिल्लाको पाणिनि गाउँपालिका– ६ धातिवाङ्गमा मोटरबाटाको उद्घाटन गरिएको छ । धातिवाङ्गका ९३ वर्षीय छविलाल पौडेलले रिवन काटेर माटरबाटो उद्घाटन गरे। श्रीनगर यातयातका दुई ओटा, देउराली यातयातको एउटा जिप र दर्जनौं मोटर साइकल गुडाएर मोटरबाटो उद्घाटन गरियो।

अर्घाखाँचीमा पहिलो पटक क्रिकेट लिग

अर्घाखाँची सामुदायिक विकास क्लवद्वारा सञ्चालित त्रिकेट एकेडेमीले जेठ १५ गते देखि सन्धिखर्कमा पहिलो पटक लिग सिस्टममा आधारित त्रिकेट प्रगियोगिताको आयोजना गर्ने भएको छ ।

एमालेबाट अर्घाखाँचीमा को को उम्मेदवार छन् ?

जिल्लाका नगरपालिका तथा गाउँपालिकामा एमालेका तर्फबाट स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरुको टुंगो लागेको छ।

अर्घाखाँची अदालत मुद्दा फस्र्योटमा अघि

जिल्ला अदालत मुद्दा फस्र्योटमा देश भरीमै अघि देखिएको छ। यहाँ एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् । १० महिना पुगेको एउटा मुद्दा रहेकोमा त्यसलाई माघ महिना भित्र किनारा लगाइँदै छ।

अर्घाखाँचीमा बन्दकर्ताद्वारा सरकारी कार्यालयमा तालाबन्दी

पाँच नम्बर प्रदेशलाई विखण्डन गर्न लागिएको बिरोध गरिएको आमहड्तालको तेस्रो दिन आइतबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्ला प्रशासन कार्यालय बन्द छ । सरकारी कार्यालयका कामकाज ठप्प पारेपछि अधिकांश कर्मचारी घर फर्किएका छन्।

प्रदेश टुक्राउने प्रस्तावकाे बिरोधमा अर्घाखाँची फेरि बन्द

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको संयुक्त संघर्ष समिति अर्घाखाँचीलेले फेरि जिल्ला बन्दको आह्वान गरेको छ।

प्रदेश विखण्डनको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

पाँच नम्बर प्रदेश विखण्डनको विरोधमा शनिबार अर्घाखाँचीमा बिरोध जुलुस निकालिएको छ। सन्धिखर्कको शान्ति वगैंचाबाट सुरु भएको विरोध प्रदर्शन बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

अर्घाखाँचीमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

संविधान संशोधन प्रस्तावको विधेयकमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईसँग अलग गराई चार नम्बर प्रदेशमा लैजाने निर्णय बिरुद्धको आन्दोलन आज पनि जारी रहेको छ। सरकारले संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा दर्ता गराएपछि बुधबार देखि जिल्ला बन्दको घोषणा गरी दैनिक बिरोध प्रदर्शन भइरहेका छन्। बन्दका कारण पसल, सवारी साधन, उद्योगधन्दा, शिक्षण संस्था पूर्ण रुपमा बन्द भएका छन्। लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गइरहेको छ।

पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा अर्घाखाँची बन्द

पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा दर्ता गराएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरिएको छ। बिहीबारपनि जिल्ला पूर्ण रुपमा बन्द रहेको छ। जिल्लाबासीले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्।

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

पाँच नम्बर प्रदेशलाई विखण्डन गरी सरकारले संविधान संसोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ।

सीमाङ्कन हेरफेरको विरोधमा अर्घाखाँची बन्द

सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्